९ चैत्र २०७९, बिहीबार

एनआईसी एसिया बैंकले अपडेट गर्यो मोबाइल एप



२१ असार, काठमाडाैँ । एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति (अपडेट) गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुसार एनआईसीले डिजिटल सुविधाहरू स्तरोन्नति गरिरहेको छ ।

ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थान र जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवा उपयोग गर्न सकिनेछ । हाल एनआईसी एसियाका मोबाइल बैंकिङ प्रयोगकर्ताले त्यसैलाई अपडेट गरेर ओम्नी च्यानलमा स्तरोन्नति गर्न सक्नेछन् । यस्तै नयाँ ग्राहकले प्ले स्टोरबाट डाउनलोड गरी एप प्रयोग गर्न सक्ने न्युज कारखानामा उल्लेख छ ।

सो एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्डका लागि अनुरोध गर्न सक्नेछन् । साथै मुद्दती खाता खोल्ने, चेक अनुरोध गर्ने, ई–कमर्श सुरु गर्नेलगायत सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः