Trending:

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता रियलमीको जिटी ६ टि नेपालमा सार्वजनिक द एआई पोट्रेट होनोर २०० मा विशेष अफरको घोषणा टेस्लाले आगामी वर्षदेखि ह्युमनोइड रोबोट बनाउने अचल सम्पत्ति नहुनेको पनि कर्जामा पहुँच हुन्छ : अर्थमन्त्री पौडेल ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै ह्वाट्सएपमा लगातार नयाँ-नयाँ फिचर ‘आईएमई पे’ र ‘एडुसन्जाल’ बीच पेमेन्ट पार्टनरशिप सम्झौता इशान हस्पिटलमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई विशेष छुट प्रमोकोड ‘फोन पे डाइरेक्ट’ प्रयोग गरेर आइफोन १५ प्रो जित्न सकिने आईटी प्रणालीमा देखा परेको समस्या शनिवारबाट सुधार हुँदै डिशहोमको ‘माईडिशहोम’ एप फेरि सार्वजनिक राजविराजमा सिसी क्यामरा जडान निर्माण व्यवसायीको भुक्तान रोकिएको रकम तत्काल उपलब्ध हुने-अर्थमन्त्री पौडेल कर्जाको पुनर्तालिकीकरण गर्न अर्थमन्त्रीसँग नेपाल चेम्बर अफ कमर्सको माग टेलिकमको मनसुन अफर, ल्यायो नयाँ भ्वाइस र डेटा प्याक एनसेलकाे वायरफ्री प्लस सेवामा नयाँ अफर, अल्टिमा ग्याजेट निःशुल्क पाइने ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी, उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता सूचना प्रविधि पढेका तथा पढ्न चाहनेका लागि भोलि ‘आईटी मेला’ आयोजना हुँदै, यसरी बन्नहोस् सहभागी ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागको आग्रह प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली
अपडेट

ह्वाट्सएपले २०२२ मा ल्याउँदैछ यी पाँच आकर्षक फिचर

२७ असार २०७९, सोमबार १५:०३

२७ असार, एजेन्सी । चर्चित म्याेजिङ एप ह्वाट्सएपले विभिन्न नयाँ फिचरहरू सार्वजनिक गर्ने घोषणा गरिरहेको छ। एपलाई थप परिस्कृत र आकर्षक बनाउनका लागि मेटाको स्वामित्व रहेको कम्पनी निरन्तर प्रयासरत छ।

ह्वाट्सएपले आगामी दिनमा सार्वजनिक हुने केही फिचरको बारेमा जानकारी दिएको छ भने केही गोप्य नै रहेका छन्। हामीले यस साग्रीमा ह्वाट्सएपले २०२२ मा ल्याउनसक्ने पाँच फिचरहरूको बारेमा चर्चा गरेका छाैँ।

१. एडिटिङ टेक्स्ट म्यासेज (Editing Text Message)

वेभबेटाइन्फोमा प्रकाशित रिपोर्टका अनुसार मेटाको स्वामित्व रहेको यस कम्पनीले पठाइ सकेका म्यासेजहरू पनि एटिड गर्ने सुविधा ल्याउन लागेको छ। प्रयोगकर्ताहरूले निश्चित समयभित्र पठाइ सकेका टेक्स्ट म्यासेज पनि सम्पादन गर्न सक्नेछन्।

यस सुविधाको बारेमा कुनै आधिकारिक स्पष्टीकरण छैन। तथापि, यो फिचर बेटा भर्सनमा देखिएको थियो। सोही कारण २०२२ मा यो फिचर  एन्ड्रोइड र आईओएसमा पनि देख्न सकिने प्रबल संभावना रहेको छ।

पठाएको म्यासेज सम्पादन गर्ने सुविधा अब सबै च्याटिङ प्लेटफर्महरूमा आवश्यक भएको छ। एप्पलले पनि आगामी आईओएस १६ अपडेटको साथ आफ्नो iMessage को लागि यो सुविधा लन्च गर्ने तयारी गरेको छ।

२. म्यासेज रियाक्सनको नयाँ भर्सन

ह्वाट्सएपले हालै लन्च गरिएको म्यासेज रियाक्सनको लागि धेरै नयाँ सुविधाहरूमा थप्नका लागि काम गरिरहेको छ। नयाँ भर्सनमा प्रयोगकर्ताहरूले म्यासेज रियाक्सनका लागि आँफैले इमोजी थप्न सक्नेछन्।

यो प्यानलमा इमोजी स्क्रोलिङ ट्रे खोल्नको लागि थप चिन्ह सहितको बटन हुने बताइएको छ। यो फिचर फेसबुक म्यासेन्जरसँग मिल्दोजुल्दो हुने हल्ला चलिरहेको छ।

साथै, यस भर्सनमा नियमित इमोजीजस्तै स्कीन टोन इमोजी विकल्प हुनेछ। जसले प्रयोगकर्तालाई तिनीहरूको रंग परिवर्तन गर्न अनुमति दिन्छ।

३. स्टाटस रिप्लाइ इन्डिकेटर (Status Reply Indicator)

यो सुविधा अन्य भन्दा बढी रोचक छ। प्रयोगकर्ताहरूको ह्वाट्सएप स्टाटसमा कसैले रिल्पाइ गरेका सिधै च्याट सेक्सनमा यसले देखाउनेछ। यो फिचरले प्रयोगकर्तालाई स्क्रिनसट हेर्न सजिलो हुने अनुमान गरिएको छ।

अहिले आईओएसको बेटा भर्सनमा मात्र उपलब्ध यो फिचर यसै वर्ष एन्ड्रोइडमा समेत देखिने अनुमान छ।

४. अनडु म्यासेज डिलेसन (Undo Message Deletion)

धेरै म्यासेजिङ एपहरूमा अहिले पठाइसकेको म्यासेज डिलेट गर्ने सुविधा आइसकेको छ। तर, ह्वाट्सएपले भने डिलेट गरिएको म्यासेज पनि पुनः रिकभर गर्ने फिचर ल्याउने भएको छ।

भर्खरै, ह्वाट्सएपको बेटा भर्सनमा एउटा नयाँ सुविधा सार्वजनिक गरिएको थियो जसले प्रयोगकर्तालाई सीमित अवधिमा सन्देश डिलिट गर्ने कार्यलाई उल्टाउन अनुमति दिन्थ्यो। त्यस्तै, सुविधा अव सबै भर्सनमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

५. हाइड योर एक्टिभ स्टाटस (Hide Your Active Status)

ह्वाट्सएपले आईओएसको बेटा भर्सनमा प्रयोग कर्ताको एस्टिभ स्टाटस लुकाउने फिचर सार्वजनिक गरिसकेको छ। छनाैट गरिएका निश्चित व्यक्तिहरूले मात्रै प्रयोगकर्ताको एक्टिभिट स्टाटस थाहा पाउन  सक्नेछन्।

अन्य भर्सनमा यो फिचर कहिले सार्वजनिक हुन्छन् भन्ने निश्चित मिति यकिन छैन । तथापी, बेटा भर्सनमा परीक्षण भइरहेका कारण यो सुविधा चाँडै सबै भर्सनमा देखिने अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?