२० मंसिर २०७९, मंगलवार

Logo

संसारकै सबैभन्दा पातलो घडी सार्वजनिक, मूल्य २४ करोडभन्दा बढी



२८ असार, एजेन्सी। संसारकै सबैभन्दा पातलो घडी सार्वजनिक भएको छ। शनिबार रिचार्ड फिलले संसारकै सबैभन्दा पातलो मोटाइ भएको घडी सार्वजनिक गरेको हो।

उक्त घडीको मोटाइ जम्मा १.७५ एमएम रहेको छ। यसभन्दा अघि बुल्गारी ब्राण्डको सबैभन्दा पातलो घडी अक्टो फिनिसिमो अल्ट्रा सार्वजनिक भएको थियो। उक्त घडीको मोटाइ १.८० एमएम रहेको छ।

रिचार्डको घडीको नाम भने RM-UP-01 Ferrari रहेको छ। माइक्रो-थिन घडी बनाउने एउटा चुनौती हो किनभने कम्पोनेन्ट र बेसप्लेट जति पातलो हुन्छ, घडी त्यति नै कम बलियो हुन्छ।

केसब्यान्ड र केसब्याक जस्ता रणनीतिक बिन्दुहरूमा सामग्रीमा यो कमीको बाबजुद कम्पोनेन्टहरूले आवश्यक शक्ति प्रदान गरेको सुनिश्चित गर्न व्यापक प्रयोगशाला परीक्षण आवश्यक रेहेको रिचार्डका प्राविधिक निर्देशकले बताएका छन्।

यो घडीको मूल्य १९ लाख अमेरिकी डलर तोकिएको छ। नेपालीमा रूपान्तरण गर्दा यो रकम २४ करोड १७ लाखभन्दा बढी हुन्छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको