१२ मंसिर २०७९, सोमबार

Logo

२०३५ देखि इन्धनबाट चल्ने कारहरू विस्थापन गर्दै अष्ट्रेलिया



२ साउन, एजेन्सी । अष्ट्र्रेलियाको राजधानीमा इन्धनबाट चल्ने कारहरूमा प्रतिबन्ध लाग्ने भएको छ। २०३५ देखि मोटर चालकहरूलाई इन्धनबाट चल्ने कारहरू खरिद गर्न प्रतिबन्ध लगाइने भएको हो।

अष्ट्रेलियामा पहिलो पटक क्यानबेरा सबै नयाँ कारहरू विद्युतीय हुनुपर्छ भन्ने आदेश दिने पहिलो अधिकार क्षेत्र हुने बताइएको छ। तर अन्य राज्यहरूले आगामी वर्षहरूमा पछ्याउने अपेक्षा गरिएको छ।

उत्सर्जन निरूत्साहन मन्त्री शेन रेटेनबरीले नयाँ नियम नयाँ कार, मोटरसाइकल र साना ट्रकहरूमा लागू हुने बताएका छन्। उनले २०३५ देखि सडकमा इन्धनबाट चल्ने कारहरू चलाउन नपाइने बताएका छन्।

तर, एसिटीले भने २०३० मा नै यो लक्ष्य भेट्टाउने उद्देश्य राखेको छ। त्यतिन्जेलसम्म एसिटीले ८० देखि ९० प्रतिशत नयाँ हलुका सवारी साधनहरू शून्य उत्सर्जन मोडेलको बनाउन चाहेको छ।

एसिटीमा विद्युतीय कार खरिद गर्न चाहनेहरूले १५ हजार डलरसम्म बिना ब्याजमा ऋण पाउने जस्ता अफरहरू समेत ल्याउने तयारी भएको बताइएको छ।

प्रयोगकर्ताहरूले पहिलो पटक शून्य उत्सर्जन वाहन (ZEV) किन्दैछन् भने स्ट्याम्प शुल्क तिर्नु नपर्ने बताइएको छ। त्यसैगरी, नयाँ वा पुरानो शून्य उत्सर्जन वाहन खरिद् गर्नेले २ वर्षसम्म सवारी दर्ता शुल्क तिर्नु नपर्ने पनि बताइएको छ।

युरोपियन युनियनले पनि २०३५ सम्म इन्धनबाट चल्ने कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउने मस्याैदा तयार पारेको छ। त्यसैगरी, सिङ्गापुरले सन् २०२५ देखि नयाँ डिजेलबाट चल्ने कार र ट्याक्सी दर्तालाई अनुमति दिने छैन।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले इन्धनबाछ चल्ने कारहरूमा प्रतिबन्धको घोषणा गर्न रोकेका छन्। तर इलेक्ट्रिक तर्फ जान प्रोत्साहन प्रस्ताव गर्दैछन्।

विद्युतीय कारहरूलाई पाँच प्रतिशत आयात शुल्कबाट छुट दिइनेछ। जसले ४० हजार डलरको गाडीको मूल्य २ हजार डलरले घट्नेछ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन