१२ मंसिर २०७९, सोमबार

Logo

चीनले दिदीलाई तिरायो १.२ अर्ब डलर जरिबाना



५ साउन, एजेन्सी । चीनको राइड सेयरिङ कम्पनी दिदीलाई १.२ अर्ब डलर जरिबाना तिराइएको छ। उक्त कम्पनीले चीनको साइबर सेक्युरिटी कानुन तोडेको आरोपमा उक्त जरिबाना तिराइएको हो।

चीनको साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले उक्त कम्पनीले चीनका कानुन तोडेको प्रमाण फेला पारेको बताएको छ।

चीनको नियामक निकायले यस कम्पनीले अमेरिकामा पनि सेवा सुचारू गरेपछि नै अनुसन्धान सुरू गरेको बताएको थियो। दिदिले गत वर्ष अमेरिकामा पनि सेवा विस्तार गरेको थियो।

गत वर्षदेखि नै अमेरिकाको स्टक एक्सचेन्जमा दिदिको शेयर कारोबार बन्द गरिएको थियो। जवाफमा दीदीले यो निर्णय स्वीकार गरेको र व्यापक र गहिरो आत्म-परीक्षण सञ्चालन गर्ने बताएको छ।

गत वर्ष जुनमा अमेरिकी शेयर बजारमा डेब्यु गरेपछि दीदी निकै दबाबमा परेको थियो। प्रारम्भिक सार्वजनिक प्रस्तावको केही दिन भित्र बेइजिङले विदेशी सूचीकरण टेक्नोलोजी कम्पनीहरूमाथि क्र्याकडाउनको घोषणा गरेको थियो।

डिसेम्बरमा, दीदीले अमेरिकी शेयर बजारबाट बाहिरिने र हङकङमा आफ्नो शेयर पुन: सूचीबद्ध गर्ने योजना घोषणा गरेको थियो।

यो कम्पनीमाथि चीनले कडा नजर राखेको थियो। यसभन्दा अघि इ-कमर्स कम्पनी अलिबाबामाथि चीनले इतिहासकै सबैभन्दा धेरै जरिबाना लगाएको थियो।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन