१२ मंसिर २०७९, सोमबार

Logo

बैडुले चीनमा सार्वजनिक गर्यो नयाँ सेल्फ ड्राइभिङ ट्याक्सी



५ साउन, एजेन्सी । चिनियाँ प्रविधि कम्पनी बैडुले आफ्नो सेल्फ ड्राइभिङ ट्याक्सी सेवा अपोलो गोमा सामेल हुन अर्को गाडी सार्वजनिक गरेको छ । बैडुले यस सेवामा सामेल हुन अपोलो आरटी६ सार्वजनिक गरेको हो।

बैडूले आफ्नो नयाँ मोडल एपोलो आरटी६ मा २० वर्षको अनुभव भएका चालकको सडक कौशलता रहेको बताएको छ।

चिनियाँ नियम अन्तर्गत अटोनोमस (सेल्फ ड्राइभिङ) कारहरूमा अहिले पनि सुरक्षाका लागि चालकको उपस्थिति आवश्यक गरिएको छ।

तर, बैडुले भने छिट्टै आरटी६मा छुट्याउन मिल्ने स्टेयरिङ ह्वीललाई अतिरिक्त सिट, भेन्डिङ मेसिन, डेस्क वा गेम कन्सोलहरूद्वारा प्रतिस्थापन गर्ने संभाव्यता रहेको बताएको छ।

प्रत्येक अपोलो आरटी६ को लागत २ लाख ५० हजार युआन अर्थात् ३१ हजार पाउण्ड हुनेछ। यो मूल्य अघिल्लो मोडेलहरूको भन्दा उल्लेखनीय रूपमा कम भएको बैडुले दाबी गरेको छ।

२०२३ को मध्यबाट बैडुले परीक्षणका लागि यो ट्याक्सी ल्याउने बताएको छ। त्यसैगरी, निकट भविष्यमा नै १ लाख वटा सेल्फ ड्राइभिङ ट्याक्सी सडकमा देखिने बताएको छ।

बैडुले परीक्षणका लागि चीनका बेइजिङ, शान्जेन र सांघाइ लगायत शहरहरूका यो ट्याक्सी सञ्चालन हुने बताएको छ। यस्तो ट्याक्सीलाई रोबो-ट्याक्सी भनिन्छ। चीनमा अलिबाबाले पनि रोबो-ट्याक्सी चलाएको छ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन