Trending:

स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण नाडामा आउँदै दिपल एल ०७ प्रिमियम ईभी सेडान थाईल्यान्डमा नम्बर वान नेटा, नेपालमा कस्तो छ अवस्था ? रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न टिकटकलाई एलन मस्कले किन्न लागेका हुन् ? नेपाल टेलिकमका ग्राहक २ करोड ३० लाखभन्दा बढी सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन चीनले सञ्चालनमा ल्यायो ऊर्जा बचत गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने टाटा ‘न्यु ह्वील्स, न्यु डिल्स’को हरेक बुकिङमा आकर्षक उपहार कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत नेपालपे क्युआरको अन्तरदेशीय भुक्तानी सहकार्य सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’ थाईल्यान्डमा नेटाको उपस्थिती कस्तो छ ? सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा अमेरिकामा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र व्हाट्सएपमा फ्याक्ट चेकिङ प्रोग्राम बन्द विद्युत् नियमन आयोगको ‘डीएमएस’ सञ्चालनमा भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो मोबाइल प्रयोगकर्ताको तथ्यांकमा बिलिङ प्रणालीका उत्पादक र बिक्रेतालाई पहुँच नदिनू: सर्वोच्च अदालत राइड सेयरिङ ‘सजिलो’मा यात्रा गर्ने ग्राहक र राइडर दुबैलाई नि:शुल्क बीमा नेपालमा सामसङको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल ताजा रगत खोज्न ‘मोबाइल एप्स’ सार्वजनिक एफ-वान सफ्टको सिस्टम ह्याक गरेर साढे तीन करोड चोरी साइबरको माध्यमबाट ७८ लाख लुटियो ४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजी एक्समा इलन मस्कको नयाँ नाम ‘केकियस म्याक्सिमस’ दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता जागिरकाे प्रलाेभनमा फेसबुक, ह्वाट्सएपमा लिङ्क पठाएर ठगी गर्ने क्रम बढ्याे स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबिच भएको अन्तर बैंक भुक्तानी सम्झौता सम्पन्न ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा दराजमा १८% छुट अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुन्डाई आयोनिक–५ ले बनायो गिनिज वर्ल्ड रेकर्ड ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १५० क्यासब्याक एमएडब्लु वृद्धि चांगानको ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ ‘इनोभेसन क्याम्पस’ नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध जापान एयरलाइन्समा साइबर आक्रमण एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो बजाज फाइनान्स मेला २०२४ सुरु अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेघावाट बिजुली उत्पादन गर्ने
अपडेट

सिंहदरबारका सबै कार्यालयमा अब एकीकृत व्यवस्थापन प्रणाली

सिंहदरबारका सबै कार्यालयमा अब एकीकृत व्यवस्थापन प्रणाली
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

६ साउन, काठमाडाैँ । सरकारले यही साउन महिनादेखि सिंहदबारभित्रका कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । कार्यालयको कामलाई छिटो, छरितो र पारदर्शी बनाउने गरी एकै प्रकृतिका कार्य एउटै सूचना प्रविधि प्रणालीमार्फत सञ्चालन गर्न लागिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रालयअन्तर्गतका सूचना प्रविधि विभाग, मुद्रण विभाग, सूचना विभाग र प्रमाणीकरण नियन्त्रणको कार्यालय तथा हुलाक सेवा विभागमा भने यसअगाडि नै एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा आइसकेको छ ।

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले साउनदेखि सिंहदरबारभित्रका सबै कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा आउने जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा साउनभित्र सिंहदरबारभित्रका सबै कार्यालयबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा आउने र दोस्रो चरणमा सिंहदरबार बाहिरका कार्यालयमा पनि सेवा विस्तार गर्दै जाने योजना छ ।

उनले भने, “एकीकृत कार्यालय व्यवस्थापन प्रणालीअन्तर्गत पहिलो चरणमा दर्ता, चलानी, टिप्पणी र ई–हाजिरी कार्यलाई पूर्ण रूपमा विद्युतीय माध्यममा सञ्चालन गरिनेछ । सो कार्य साउन महिनाभित्र सञ्चालन भइसक्नेछ ।”

यो प्रणाली कार्यान्वयन भएपछि विद्युतीय माध्यमबाट तत्काल चिठीपत्र पुग्ने, चिठीपत्र पु¥याउन जनशक्तिको आवश्यकता नपर्ने र कार्यालयको आर्थिक भार कम हुने विश्वास गरिएको छ ।

यस प्रणालीमार्फत क्रमिक रूपमा सरकारी कार्यालयमा सञ्चालनमा रहेको तोक आदेश दिने, व्यवस्थित अभिलेख राख्ने, बिदा र काजसम्बन्धी कार्य, जिन्सी व्यवस्थापनसम्बन्धी कार्य, सम्पत्ति विवरण भर्ने र सोको व्यवस्थापन गर्ने कार्य गर्दै जाने योजना रहेको छ ।

त्यस्तै कार्यसम्पादन मूल्याङ्कन, पत्र तयार गर्ने, नियुक्ति, काज सरुवा, रमाना र पदस्थापन गर्ने, कार्यान्वयन योजना तयार गर्ने, प्रगति भर्ने, प्रगति प्रतिवेदन तयार गर्ने, समिति गठन र बैठक व्यवस्थापन गर्ने, कार्यसम्पादन करारसम्बन्धी कार्य एउटै प्रकृतिको गर्न विभागले नेपाल सरकारको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका तयार गरेको छ ।

उक्त सबै कार्य गर्न सरकारी कार्यालयका अधिकारीले विद्युतीय हस्ताक्षरको प्रयोग गर्र्नुपर्ने नेपाल सरकारको एकीकृत कार्य व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापनमा उल्लेख गरिएको छ । एकीकृत कार्यालय व्यवस्थापन प्रणालीका लागि विभागले सम्बन्धित कार्यालयका कर्मचारीलाई आवश्यक तालिम प्रदान गरिसकेको छ ।

विभागले सबै सरकारी कार्यालयलाई एडमिन युजर र पासवर्ड प्रदान गरिएको छ । एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयन गराउने कार्यमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काम गरिरहेको उनले बताए ।

सरकारी कार्यालयको कामलाई कागजातरहित विद्युतीय सेवामार्फत सुशासन अभिवृद्धि गर्नका लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरिएको हो । अन्तर्राष्ट्रियस्तरमा पनि सबै कार्यालयमा एउटै विधिमा चल्ने गरिएको र नेपालमा पनि सोही प्रणाली पूर्ण रूपमा सञ्चालन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?