७ साउन, एजेन्सी । ट्वीटरले ३ महिनामा ठूलो रकम घाटा व्यहोरेको छ। फोर्ब्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार अप्रिलदेखि जुन महिनामा ट्वीटरको घाटा २७ करोड डलर पुगेको हो।
फोर्ब्सको रिपोर्ट अनुसार एलन मस्कले ट्वीटरसँगको खरिद सम्झाैता अस्वीकार गरेसँगै कम्पनीले ठूलो घाटा व्यहोरेको हो। उक्त रिपोर्टमा जनाइए अनुसार ट्वीटरको कमाइ पनि १.२ अर्ब डलरमा घटेको छ।
४४ अर्बमा ट्वीटर किन्ने सम्झाैता गरेका मस्कले केही दिनअघि उक्त सम्झाैता कार्यान्वयन नगर्ने बताएका छन्। मस्कले ट्वीटर खरिद नगर्ने भएपछि कम्पनी अहिले कानुनी लडाइँमा समेत गइसकेको छ।