Trending:

त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला
अपडेट

के कस्ता छन् कारमा हुने विभिन्न सेन्सरहरु ?

के कस्ता छन् कारमा हुने विभिन्न सेन्सरहरु ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१० भदाै, काठमाडाैँ । आधुनिक कार इन्जिनमा १५ देखि ३० वटासम्म सेन्सरहरू हुन्छन्। हरेक सेन्सरले फरक फरक कामको जिम्मा लिएका हुन्छन्। यी सेन्सरहरूले गाडीको राम्रो प्रदर्शनको लागि इन्जिनमा सबै कुरा नियन्त्रण गर्दछन्।

तपाइले प्रयोग गर्ने गाडीमा धेरै सेन्सरहरू हुँदा हुँदै पनि कुनैले ठुलो भूमिका खेल्छ भने कुनैले सानो भूमिका खेल्छ। यदि तपाईँ कार चलाउनु हुन्छ भने तपाईँलाई कारका सामान्य सेन्सरको ज्ञान हुनु आवश्यक छ।

कहिले तपाइको कारले सही माइलेज दिँदैन भने कहिले मजाले स्टार्ट हुँदैन। यस्तो समयमा यदि तपाईँसँग सेन्सरको ज्ञान छ भने तपाइले आफै त्यो पार्ट पुर्जा हेरेर थोरै रकम मै चार मर्मत गर्न सक्नु हुनेछ।

त्यसै माथि कहिले अफ्ठेरो ठाउँमा तपाइको कार बिग्रिदा आफैले पनि कसरी त्यो समस्या समाधान गर्न सकिन्छ भनी ज्ञान हुन्छ।

यहाँ हामी सामान्य सेन्सरको बारेमा चर्चा गर्ने छौ।

मास एयरफ्लो सेन्सर

यो सेन्सरको मुख्य काम तपाइको गाडीमा प्रवेश गर्ने अक्सिजनको मात्रा निकाल्नु हो। यसले कति मात्रामा अक्सिजन छिरिरहेको छ, त्यो मापन गर्छ। त्यस पश्चात् यसले अक्सिजनको तापक्रम र चाप निकाल्छ।

तपाईँको गाडीको इन्जिनले कति हावा आइरहेको छ भनेर जान्न आवश्यक छ। यसले अक्सिजनको आइरहेको मात्रा निकालेर त्यो डाटाबाट आवश्यक पर्ने फ्युलको मात्रा बल्ल इन्जिनमा प्रदान गर्दछ।

त्यस कारण यो एकदम आवश्यक सेन्सरमा पर्दछ। यदि प्रदान गरिने फ्युलको मात्रा तल माथि भयो भने इन्जिनले राम्रो तरिकाले काम गर्न सक्दैन।

अक्सिजन सेन्सर

अक्सिजन सेन्सरको मुख्य काम निकास ग्यासमा कति अक्सिजन छ भनी मापन गर्ने हो। निकास ग्याँसमा रहेको अक्सिजनको स्तर मापन गरेर इन्जिन सही रूपले काम गरिरहेको छ कि नाइँ थाहा हुन्छ।

हामीलाई यो कुरा थाहा छ कि इन्जिनमा हुने ग्यास र अक्सिजन जलेर मात्र त्यहाँ ताप निस्किन्छ जसले गर्दा इन्जिनले काम गर्दछ। यदि निकास ग्याँसमा अधिक अक्सिजन छ भने यो कुरा निश्चित गर्न सकिन्छ कि इन्जिनको प्रक्रिया सही रूपले गइरहेको छैन।

जब निकास ग्यासमा धेरै अक्सिजन आउँछ, यो बुझ्न सकिन्छ कि भित्र इन्जिनमा ग्यास मजाले अक्सिजनसँग निस्किरहेको छैन।

तपाईँको अक्सिजन सेन्सर सही रूपमा काम गर्न असफल हुँदा तपाईँको कार उत्सर्जन परीक्षणमा असफल हुन्छ, इन्जिनको क्षमता कम हुन्छ र अल्लि समयमा तपाईँको इन्जिनको भागहरूमा क्षति हुन सक्छ।

यदि तपाइको अक्सिजन संसारमा केही खराबी छ भने तपाइको कारको चेक इन्जिन लाइट बल्छ। त्यस कारण त्यसलाई ख्याल गरिराख्नु आवश्यक छ।

इन्जिन तेल स्तर सेन्सर

यो सेन्सर सबैभन्दा बढी सामान्य सेन्सर हो। यसको काम भने ठुलो हुन्छ। तपाईँको कारमा सबैभन्दा सामान्य सेन्सरहरू मध्ये इन्जिन तेल स्तर सेन्सरले तपाईँको इन्जिन तेल प्यानमा तेलको स्तर कति छ भनी मापन गर्दछ।

यसले गर्दा तपाइको गाडी सुरक्षित सञ्चालन क्षमतामा छ भनेर सुनिश्चित गर्न सकिन्छ। यदि तपाईँको गाडीमा पर्याप्त तेल छैन भने यो सेन्सरले तपाईँको ड्यासबोर्डमा तेल स्तरको चेतावनी प्रकाश दिन्छ।

शीतलक/तापक्रम तापमान सेन्सर

तपाईँको इन्जिनमा अर्को महत्त्वपूर्ण सेन्सरमध्ये शीतलक तापमान सेन्सर पर्दछ। यो सेन्सरले तपाईँको गाडीको तापक्रम वा शीतलक तापमान हेर्ने काम गर्दछ।

तपाईँको इन्जिनको तापमान निर्धारण गर्न यो एउटा उत्तम तरिका हो। यदि तपाइको इन्जिन धेरै तापक्रममा पुग्यो भने इन्जिन क्षति हुने सम्भावना हुन्छ।

अहिलेका नयाँ कार मोडेलहरूमा शीतलक तापमानले इन्जिन बढी तात्यो भने तपाईँको इन्जिनलाई आफै बन्द गरिदिन्छ। यसले गर्दा इन्जिनले सेलाउन केही समय पाउँदछ र इन्जिन लामो समय सम्म काम गरिरहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?