१६ माघ २०७९, सोमबार

Logo

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि बोलपत्र



१२ मंसिर, काठमाडाैँ। अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।

एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै, रातमाटे(दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।

आज सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ । एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारका तर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ ।

आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुनेगरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ । एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्नेगरी परियोजना अगाडि बढाउन लागिएको छ । लामो रस्साकस्सीपछि गत फागुनमा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता सङ्घीय संसद्ले अनुमोदन गरेको थियो ।


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा