Trending:

नेपालका लागि टिकटकले माग्यो ‘पब्लिक पोलिसी म्यानेजर’ पदमा कर्मचारी बजारमा एभरेडीको अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल मोबाइल व्यवसायी आन्दोलितः सामसुङ मोबाइलको भिजिबिलिटी देशभर बन्द चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा एप्पलको आइफोन १६ सार्वजनिक, यस्ता छन् फिचर एप्पलले आज ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दै टिकटक चल्न सुरु भएसँगै एनसेलले ल्यायो नयाँ टिकटक प्याक नेपाल टेलिकमले हटायो टिकटकको प्रतिबन्ध अनरले सार्वजनिक गर्यो विश्वको सबैभन्दा पातलो फोल्ड गर्न मिल्ने फोन एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी आजदेखि टिकटक पूर्ण रुपमा चल्ने स्मार्टचोइस टेक्नोलोजिजले ल्यायो ‘तिर्की दाउः ट्रायल अफर’, ७ सय ७७ रुपैयाँसम्म क्यासब्याक ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री रियलमीको डिलर्स मिट सम्पन्न थप पाँच वर्षलाई नवीकरण भयो एनसेलको लाइसेन्स ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक फोनपेले सुरु गर्‍यो बोहनी नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय खल्तीद्वारा ‘नयाँ सुरक्षा प्याकेज सार्वजनिक नेपाल टेलिकम सम्बन्धी गुनासो छ ? यी नम्बरमा गर्नुहोस् नि:शुल्क फोन ओप्पोले नयाँ एआई फोन रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ? बाइडेन प्रशासनले कन्टेन्ट हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप यसरी भएको थियो एटीएम आविष्कार ५ दिनमा १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स खारेज नयाँ भर्जनमा आयो बीवाईडी एट्टो ३, यस्ता छन् प्रविधि, डिजाइन र मूल्य पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान आईफोन १६ सार्वजनिक हुँदै नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा एडिबीले नेपाललाई थप सहयोग गर्ने प्रतिबन्ध हटाए पनि अझै खुल्दैन टिकटक, यस्ता छन् सर्तहरू ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’ ई–सेवाका एजेन्टले कुमारी बैंकबाट बिनाधितो २ लाखसम्म कर्जा पाउने सामसङले ग्यालेक्सी ए र ग्यालेक्सी ट्याब एस९ एफइ सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण युट्युबमा भिडियो थम्बनेल आकर्षक बनाउने तरिका राष्ट्रिय युवा संघ नेपालले नेपालमा ‘एआई’ सम्मेलन गर्दै बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी के तपाई वेबसाइट बनाउने सोचमा हुन्छ ? यी कुरामा अवश्य ध्यान दिनुहोस् क्यामरा किन्दा ध्यान दिनुपर्ने कुराहरु डिजिटल माध्यम मोबाइल बैंकिङ प्रयोग गर्दा ध्यन दिन पर्ने आधारभूत कुराहरु सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा
अपडेट

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

१९ फाल्गुन २०७९, शुक्रबार १२:५२

१९ फागुन, काठमाडाैँ। नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर बस्ती भएको स्थानदेखि पदमार्ग, राजमार्ग र सार्वजनिक महत्वको क्षेत्रमा सहजै इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।

“यो व्यवस्थापछि धेरैले गाउँमा सुरक्षाको अनुभूति गरेका छन्”, उनले भने, “विशेषगरी म्याग्दी र मुस्ताङका उपभोक्ताले दुर्घटनापछिको खोजी, उद्धार, प्रसूति, सेवा र पर्यटकको सुरक्षामा बढी राहत महसुस गरेका छन् ।”

धौलागिरि बेसक्याम्प जाने पर्यटकका लागि पछिल्लो पटक बगरको डाँडामा राखिएको फोरजी टावरले सहयोग पुगेको छ । यहाँबाट गुर्जाघाट र ढोरपाटनको उत्तरी भेगमा टेलिफोन, मोबाइल र इन्टरनेट चल्न थालेको छ ।

“गाउँमा फोन लाग्दैनथ्यो, मोबाइलमा कुराकानी गर्न डाँडामा पुग्नुपर्ने समस्या थियो”, धवलागिरि–४ बगरका चित्र तिलिजाले भने, “अहिले घरमै बसेर इन्टरनेट चलाउन पाइएको छ ।” मुक्तिनाथ, लोमान्थाङ, थोराङ्ला भज्ञ्याङ, रुकुम सिमानाको पातीहाल्ने, निसेलढोरलगायतमा पनि इन्टरनेट सेवा विस्तार भएको हो । टेलिकमले मुस्ताङको लोमान्थाङ, कोरला नाका र चराङलगायत उच्च बस्तीमा पनि फोरजी सेवा विस्तार गरिसकेको छ । ती स्थानमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटक पनि सयौँको सङ्ख्यामा जान थालेकाले टेलिकमले सेवा विस्तार गरेको हो । बागलुङमा ६२ टावरमा टुजी, थ्रीजी ५७ र फोरजी ५४ वटा टावरमा जडान भएका छन् ।

म्याग्दीमा २२ टुजी, २१ थ्रीजी र १४ वटा फोरजी सेवा विस्तार भएको छ। मुस्ताङमा भने ३१ टुजी, २६ थ्रीजी र २४ वटा फोरजी टावरबाट सेवा सञ्चालनमा छ । पर्वतमा २८ टुजी, २१ थ्रीजी र २६ वटा फोरजी टावरसहितको सेवा विस्तार गरिएको बागलुङ टेलिकम शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?