१४ चैत्र २०७९, मंगलवार

पहेँलो रंगमा पनि सार्वजनिक भयो आइफोन १४



२४ फागुन, एजेन्सी। चर्चित टेक कम्पनी एप्पलले नयाँ रंगमा आइफोन १४ सार्वजनिक गरेको छ। एप्पलले पछिल्लो रंगभन्दा पृथक पहेँलो रंगको आइफोन १४ र आइफोन १४ प्रो सार्वजनिक गरेको हो ।

एप्पलले आइफोन १२ मोडलदेखि नयाँ रंगमा समेत आइफोन सार्वजनिक गरिरहेको छ। एप्पलले २०२१ मा पर्पल रंगको आइफोन १२ र गत वर्ष हरियो रंगको आइफोन १३ र आइफोन १३ प्रो सार्वजनिक गरेको थियो ।

अब आइफोन १४ सिरिज अन्तर्गत ग्राहकहरूले ६ वटा रंगका फोनहरू छान्न पाउनेछन् । अहिलेसम्म एप्पलले पहेँलो, पर्पल, नीलो, कालो, जुनेली र रातो रंगमा आइफोन १४ उपलब्ध गराएको छ ।

पछिल्लो पटक सार्वजनिक आइफोन १४ मा रंग मात्रै परिवर्तन गरिएको र अन्य फिचर भने २०२२ सेप्टेम्बरमा सार्वजनिक भएको यो सिरिजको सेटकै रहेको एप्पलले प्रष्ट पारेको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द