Trending:

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला कामना सेवा विकास बैंकले अन्तर बैंक टेलर क्यूआर सेवा सुरु एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त एनसेलद्वारा तीन नयाँ साप्ताहिक प्याक सार्वजनिक, रु ९९ मा डेटा, भ्वाइस र एसएमएस गुगलले ल्यायो शक्तिशाली एआई टुल, शब्दबाट बनाउन सकिनेछ फोटो र भिडियो सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको उद्घाटन
अपडेट

अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्छ : मन्त्री शर्मा

अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्छ : मन्त्री शर्मा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

९ फागुन, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्ने बताएकी छन् । ‘नारी नेपाल अनलाइन पत्रिका’को आज यहाँ उद्घाटन गर्दै उनले अनलाइन मिडियाको विकास व्यापकरुपमा भइरहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरिन् ।

मन्त्री शर्माले सञ्चारमाध्यमले मानव जीवनका सामाजिक क्षेत्र तथा समाजलाई आशावादी बनाउने गरी विषयवस्तु सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय अनलाइन मिडियाको तीव्ररुपमा विकास भइरहेको र यसबाट सम्प्रेषण हुने विषयवस्तुमाथि विभिन्न टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै अनलाइनलाई व्यवस्थित र पारदर्शी ढङ्गले सञ्चालन गरिनुपर्ने बताइन् ।

“अनलाइन मिडियाबीचमा पनि राम्रो गर्ने र नराम्रो गर्ने को हुन्, यो अनलाइनमा लेखेको कुराको विश्वास हुँदैन भनेर सबै अनलाइनलाई एउटै डालोमा हाल्दिने कुरा भइरहेको छ, जुन बेठीक छ”, मन्त्री शर्माले भनिन्, “त्यसैले सबै मिडियालाई नियमन गर्ने, कानुन बनाउने र तिनको प्रवद्र्धन गर्नुपर्छ । पछिल्लो समय अनलाइन मिडियाको जुन ढङ्गले विकास भइरहेको छ, यसमा राज्यले ध्यान दिन जरुरी छ । अनलाइन मिडिया सम्बन्धि कानुन बनाउने क्रममा छौँ ।”

सञ्चारमन्त्री शर्माले अहिलेको समय बजेटका निम्ति नीति कार्यक्रम बनाउने भएकाले सञ्चार मन्त्रालय र आमसञ्चार क्षेत्रलाई महिलासँग जोडेर उपयुक्त नीति तथा कार्यक्रम बनाउने विषयमा आवश्यक गृहकार्य गरिरहेको जानकारी दिइन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समेट्ने विश्वास व्यक्त गरिन् । सूचना प्रविधिको विकास, पुहँचमा र महिला सहभागिता कसरी बढाउने भन्नेबारे नीतिगत सुधार जरुरी रहेको मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले आम सञ्चार ऐन बनाउने क्रममा विज्ञ सरोकारवालासँग छलफल गरिरहेको उल्लेख गर्दै आमसञ्चार ऐन महिलामैत्री बनाउन पहल गर्ने बताइन् । महिला सशक्तिकरणका साथै क्षमता भएर पनि अवसर नपाएका महिलाको वकालत गर्न मिडियाले भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?