१४ चैत्र २०७९, मंगलवार

खानेपानी ट्याङ्कीमा ‘जिपिएस’



४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी योजना निर्माण सम्पन्नपछि दिगो रुपमा सञ्चालन गर्नका लागि प्रत्येक खानेपानी ट्याङ्कीमा सो उपकरण जडान गरिइएको हो । यसले उपभोक्ता समिति तथा स्थानीय तहलाई जिम्मेवार बनाउन सहयोग पुग्ने जनाएको छ ।

खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाले कर्णाली प्रदेशमा पहिलो पटक नौमूले गाउँपालिकाबाट ‘टेंक अलर्ट’राख्न सहयोग गरेको हो । नेपाल सरकारले फिनल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक एवं प्राविधिक सहयोगमा सो आयोजना कार्यान्वयनमा ल्याएको हो ।

नौमूलेको सात खानेपानी योजना र एक विद्यालय गरी ३५ स्थानमा जिपिएस टेंक अलर्ट राखिएका छन् । कर्णाली प्रदेशको सुर्खेतबाट निरीक्षण गरी अवस्थाको तथ्याङ्क लिने काम भइरहेको र केही समयपछि गाउँपालिकामै अवस्था पहिचान हेर्न सकिने वास सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कर्णाली प्रदेशमा कति खानेपानी योजना सञ्चालन छन् कति बिग्रएका छन् र कति पूर्ण रुपमा क्षति भएका छन् त्यसको लेखाजोखा डिजिटल माध्यममा जानकारी नभएको बताइएको छ ।

आयोजनाले कर्णालीका २१ पालिकामा निर्माण सम्पन्न भएका खानेपानी योजनामा जिपिएस जडित टेंक अलर्ट जडान गर्ने जनाएको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द