Trending:

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ नेपाली बजारमा आइफोन १६ सिरिज सार्वजनिक नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान एन्ड्रोइड स्मार्टफोनबाट भाइरस कसरी हटाउने ? दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर नेपालमा पहिलो पटक मोबाइल एप मार्फत सेयर कारोबार नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा हुँदै होण्डाको चाडपर्व अफरमा चार ग्राहकले जिते १/१ लाख नगद नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ वुलिङ बिङ्गो ईभीको दसैंमा एक्सचेन्ज अफर बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? फेसबुकमा देखिने गरेको फलोअर्सको संख्या कता हराए ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा बाढीपहिरोबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको ३० करोडको क्षति ‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’ शाओमी नेपालले ल्यायाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” नयाँ फोन स्पार्क ३० सी सार्वजनिक डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर मोबाइलबाटै ४३३ गन्तव्यको टिकट काट्न सकिने मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध चांगानद्वारा पोखरामा दिपल ईभी सार्वजनिक जिओमेटले दसैं अफरमा एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै नेपाल टेलिकमले ल्यायो दसैँ अफर अब ड्राइभिङ लाइसेन्स बोक्नै नपर्ने गरि नागरिक एपले ल्यायो नयाँ अपडेट पोखरामा एमएडब्लूले ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने फोनलोनसँगको सहकार्यमा हाम्रोबजारको ‘बाइ नाउ, पे लेटर’ सार्वजनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण हुनेमा सरोकारवालाको जोड आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने चन्द्रयान– ४ को तयारीमा भारत, २१०४ करोड रुपैयाँ बजेट विनियोजन शाओमीको दसैँ अफर, मोबाइल खरिदमा चार हजारसम्म छुट अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक युट्युबमा आम्दानी कसरी गर्ने आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट क्लासिक टेकको ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक
अपडेट

माओवादी नेताले प्रत्येक दिन समाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नुपर्ने

२२ श्रावण २०८०, सोमबार ०९:०९
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२२ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ । राजधानीमा आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नुपर्ने निर्णय गरेको हो ।

त्यस्ता पोष्ट सार्वजनिक मिडियामा समाचार बन्ने सक्ने गरी कम्तीमा छ/सात लाइनको हुनुपर्नेछ । माओवादीले पार्टीका सबै सदस्यलाई मर्यादित रूपमा पार्टीको पक्षमा सामाजिक सञ्जालमा सक्रिय हुन सर्कुलर गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

स्टाटस वा पोष्ट लेख्दा सभ्य र मर्यादित भाषाको प्रयोग गर्नुपर्ने, अरूको आलोचना र नकारात्मक टिप्पणीभन्दा आफ्ना नीति र उपलब्धिको प्रचारमा जोड दिनुपर्ने माओवादीले जनाएको छ । यस्तै पार्टी केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले उत्पादन गरी पठाएका प्रचार सामग्री (स्टाटस, अडियो, भिडियो, ग्राफिक्स डिजाइन) प्रत्येक केन्द्रीय सदस्यले अनिवार्य पोष्ट गर्नुपर्ने माओवादीको निर्णय छ ।

माओवादीले प्रचार तथा प्रकाशनसम्बन्धीको कामलाई व्यवस्थित बनाउन पार्टीको जनसङ्गठनका रूपमा रहने गरी व्यावसायिक सङ्गठनको ढाँचामा आइसिटी फोरम नेपाल बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको संरचना बनाउने भएको छ । आगामी भदौ मसान्तसम्म आइसिटी फोरम नेपालको केन्द्रीय भेला गरी सम्मेलन आयोजक समिति गठन गरिनेछ ।

यसैगरी पार्टीको वेबसाइट निर्माण गरी तीनमहिने अभियानका सबै गतिविधि ‘अपडेट’ गर्ने, सम्पादक, लेखक तथा समाचारदातासँग केन्द्रीयस्तरमा नियमित अन्तरक्रिया, स्थानीयस्तरमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्ने माओवादीले जनाएको छ । माओवादीले कम्तीमा १५ दिनको एकपटक केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी नीति, निर्णय र कामहरू सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

पार्टी केन्द्रीय सदस्यलगायत सबै तहका कमिटी र सदस्यले फेसबुक, ट्विटर र टिकटकलगायत सामाजिक सञ्जालका ‘एकाउन्ट’ बनाउनुपर्ने, पार्टीका सबै कमिटीमा प्रचार सेलको व्यवस्था गर्ने, पार्टीको नीति र नेतृत्वको विरूद्ध सार्वजनिक टिप्पणी गर्ने कुरालाई निरूत्साहित गर्ने माओवादीको नीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?