Trending:

फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता
अपडेट

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन आवश्यक : मन्त्री बस्नेत

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन आवश्यक : मन्त्री बस्नेत
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

६ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहकार्यमा आज यहाँ आयोजना गरेको टेलिमेडिसिन (दूर चिकित्सा सेवा) सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला समापनको अवसरमा उहाँले अहिले सञ्चालनमा रहेको टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

नेपालजस्तो भौगोलिक विकटता भएको देशका लागि टेलिमेडिसिन सेवा वरदान नै सावित भएको भन्दै उनले त्यस क्षेत्रमा अहिले देखिएका कमी कमजोरी हटाएर थप आधुनिक प्रविधिको प्रयोग गरेर टेलिमेडिसिन सेवालाई द्रुत गतिमा अगाडि बढाउनु आवश्यक रहेको बताए ।

“सूचना प्रविधिको विकास नभएसम्म कुनै पनि देशले विकासमा फड्को मार्न सक्दैन । स्वास्थ्य सेवामा पनि टेलिमेडिसिनको विकास नहुञ्जेलसम्म दूरदराजका जनताले सहज उपचार पाउन निकै गाह्रो छ । त्यसैले हामीले टेलिमेडिसिनमा जोड दिनै पर्छ”, उनले भने ।

उनले दक्ष जनशक्तिको अभाव भएका ठाउँमा टेलिमेडिसिनको माध्यमबाट सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले स्वास्थ्यका सबै कर्मचारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ काम गर्ने हो भने थोरै समयमा धेरै काम गर्न सकिने बताए ।

कार्यशालामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले टेलिमेडिसिनका क्षेत्रका केन्द्र र प्रदेशमा केही न केही काम भइरहेको जानकारी गराउँदै अब यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले विज्ञहरुको सुझावका आधारमा टेलिमेडिसिन सेवालाई प्रभावकारी ढङ्गले अगाडि बढाइने बताए ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका निर्देशक डा अनुप बाँस्तोलाले टेलिमेडिसिन क्षेत्रमा अहिले भइरहेका अभ्यास र सुधार गर्नुपर्ने पक्षका विषयमा स्वास्थ्य क्षेत्रका सरोकारवाला अधिकारीसँग छलफल गरेर अगाडि बढ्न दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश संभावजी राव पाण्डवले टेलिमेडिसिन सेवा प्रभावकारी ढङ्गले सञ्चालन हुन सकेमा नेपालको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?