Trending:

डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु टिकटक प्रतिवन्धबिरुद्धको रिटमा आजदेखि सुनुवाई भूकम्प प्रभावित जिल्लामा टेलिकमको नमुना सेवा टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन प्राधिकरणको अनुरोध सामाजिक सञ्जालमार्फत स्वस्तिमा खड्काको आक्रोश चीनले सुरु गर्‍यो विश्वकै तीव्र गतिको इन्टरनेट सेवा, एक सेकेन्डमा १५० एचडी फिल्म पठाउन सकिने टिकटक बन्द गर्ने निर्णयमा युवाहरूले गरे मैनबत्ती प्रज्वलन टिकटक बन्द गर्नु उचित होइन : शङ्कर पोखरेल रविले भने , “सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन” टुइटर फेसबुक पनि प्रतिबन्ध हुनसक्छ- राप्रपा अध्यक्ष लिङ्देन आज राति १२ बजे बाट टिकटक नचल्ने ‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा पन्त चयन मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो नेपाल टेलिकमको प्रबन्धक, प्रशासनको नतिजा सार्वजनिक इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित पोखरामा तार भूमिगतको कामले गति लियो नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्यको घोषणा आइएमई ग्रुपद्वारा प्रधानमन्त्री दाहाललाई १ करोड ५० लाखको चेक हस्तान्तरण बुद्ध एयर भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्दै MDMS (एमडिएमएस) प्रणालीमा दर्ता नभएका फोन आजदेखि नचल्ने भूकम्पपीडितलाई आइएमई ग्रुपको एक करोड पचास लाख भूकम्पपीडितलाई प्राधिकरणको एक करोड सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी विद्युत महशुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा ईसेवाको कर्मचारी भएको भन्दै ठगी गर्ने पाँच पक्राउ नेपाल स्टार्टअप फेस्ट २०२३ डिसेम्बरमा हुने, सहभागिताका लागि आवेदन खुला पठाओ र इनड्राइभका ‘अफलाइन राइडर’ माथि प्रहरी निगरानी, ८३ जना पक्राउ कोड फेस्ट २०२३ सम्पन्न स्मार्टफोनको फिंगरप्रिन्टले काम गरेन ? यसरी समाधान गर्नुहोस् मोबाइल कभरमा तपाई पनि नोट राख्नुहुन्छ ? जान्नुहोस् किन यो गर्नु खतरनाक हुन सक्छ गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्नु भएन ? यी पाँच तरिका अपनाउनुस् आइफोन १५ किन धेरै तात्छ ? एप्पल यसो भन्छ फेसबुक र इन्स्टाग्राम चलाउन अब पैसा तिर्नुपर्ने फेसबुक र इन्स्टाग्राम चलाउन अब पैसा तिर्नुपर्ने जलस्रोत अनुसन्धान केन्द्रद्वारा पहिरो पूर्वसूचना प्रविधिको नयाँ प्रयोग मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार, सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैन : उद्योगी चाडवाँडलाई लक्षित गर्दै आइएमई पेले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार अब आईएमई पेबाट एसआईपी भुक्तानी सजिलै गर्न सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना सुनको मूल्य घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार? शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द
अपडेट

सहकारी इतिहासमै पहिलो पटक विकूद्वारा पिओएस मेसिन शुभारम्भ

६ भाद्र २०८०, बुधबार १५:३६
६ भाद्र २०८०, बुधबार १५:३६

६ भदाै, नवलपरासी । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ । उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन् । जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए । ३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पिओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको थियो ।

सो पिओएस मेसिन वायरलेस वाइफाइ प्रविधिमा आधारित रहेको उनले जानकारी दिए । यसलाई अन्य व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानमा क्रमैसँग विस्तार गर्दै जाने उनको भनाइ छ । ३३औँ वार्षिकोत्सवका अवसरमा विकूले आज अमरापुरीमा कर्मचारीस्तरीय नृत्य प्रतियोगिता, वार्षिकोत्सव विशेष समारोह तथा सम्मान कार्यक्रमसँगै पिओएस मेसिन शुभारम्भ र २४ वटै सेवा केन्द्रमा दीप प्रज्वलन गरेको छ ।

गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री जिसीले आफू विकूको सदस्य रहेका कारण संस्थाबारे जानकार पनि रहेको र यो उत्कृष्ट सहकारीका रूपमा रहेको बताएका थिए । सक्षम नेतृत्व, स्पष्ट लक्ष्य र सुशासनका कारण संस्थाले यो खालको उपलब्धि हासिल गर्न सकेको उनको भनाइ थियो । उनले सहकारीका क्षेत्रमा देखिएका समस्यालाई हल गर्दै जाने र सहकारी नियमन एवं नीति निर्माणमा मन्त्रालयको तर्फबाट काम भइरहेको बताए ।

विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले संस्थाको व्यावसायिक योजनाअनुसार सामाजिक रूपान्तरणका क्षेत्रमा अब विकूले काम गर्ने बताए । यो अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने सबैमा उनले आभार व्यक्त गरे । कार्यक्रममा विकूका निवर्तमान अध्यक्ष केशवप्रसाद सापकोटा, पूर्वअध्यक्ष इन्द्रराज ज्योति पौडेल, नारायण सापकोटा, लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, विजय परिवारका सदस्य संस्थाका प्रतिनिधि, विकूका संस्थापकहरू, पूर्वसञ्चालक समिति, उपसमितिका पदाधिकारी, सेयर सदस्यलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट कर्मचारी सिन्धु सुवेदी, प्रिया सिं ठकुरी, अर्जुन कँडेल, लक्ष्मी थापा राना, ओमबहादुर थनेत, उत्कृष्ट इन्चार्ज सुरजबहादुर लौडारी, उत्कृष्ट विभागीय प्रमुख मदन सापकोटा, उत्कृष्ट सेवा केन्द्र नवजागरण सेवा केन्द्र, उत्कृष्ट व्यवस्थापन उपसमिति नवजागरण सेवा केन्द्र र उत्कृष्ट सिक्स एस मूल्याङ्कनमा पूजा सेवा केन्द्रलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । वार्षिकोत्सवअन्तर्गत विकूले यसअघि हाजिरीजवाफ प्रतियोगिता, पूर्ण विकू सदस्य वडा घोषणा, रक्तदान कार्यक्रम गरेको थियो ।

विसं २०४८ मा स्थापित विकूले हाल २४ वटा सेवा केन्द्रमार्फत चितवन र नवलपरासीका करिब एक लाख ३० हजार सदस्यलाई वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?