Trending:

स्मार्टफोन आयातमा वृद्धि, आठ महिनामा २१ अर्ब नाघ्यो ट्विटरको ऐतिहासिक ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री नेपाली बजारमा आइटेलको नयाँ स्मार्टफोन नेपालमा पहिलो पटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च ‘एससीटी स्मार्ट वेनस्डे’ अफर: ग्राहकहरूका लागि आकर्षक छुट बिवाइडी: अब मात्र ५ मिनेटमा चार्ज, ४०० किमी यात्रा गर्न सकिने टाटा मोटर्सका नयाँ ईभी मोडलहरू बुटवल र भैरहवामा लन्च स्मार्टफोन चार्ज नहुने समस्याबाट हैरान? यी टिप्सले समाधान दिन सक्छन् दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको मूल्य निर्धारणका लागि समिति गठन नेपाली बजारमा टाटा योधा १.५टी पिकअप सार्वजनिक जगदम्बा मोटर्सले नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ स्कुटर सार्वजनिक गर्‍यो सीबीफीन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न मेरो शेयर सर्भरमा समस्या, सेवा प्रभावित भारतीय अन्तरिक्ष मिशनद्वारा स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ सम्पन्न बजार बजारमा साओमी १५ अल्ट्रा “चन्द्रमामा नोकियाको फोरजी नेटवर्क सक्रिय बाबुराम भट्टराईको फेसबुक पेज ह्याक इसेवा र हिमालयन बैंकबीच डिजिटल कारोबारको लागि साझेदारी भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुत गतिको इन्टरनेट सेवा सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह एआई पूर्वाधार प्रविधिमा माइक्रोसफ्टको ऐतिहासिक लगानी डिपफेक पोर्नको बढ्दो प्रवृत्तिले दक्षिण कोरियामा हलचल तीन सामाजिक सञ्जाल सूचीकरण, अरुलाई सूचीकरण गर्न आग्रह आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प, विशेष सुविधा सहितको अभियान एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा १० जना ग्राहकलाई आइफोन १६ उपहार दिँदै वर्ल्डलिंक संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह लिपमोटरको टी-०३ ईभी सार्वजनिक कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ग्लोबल आइएमई बैंकले एआई- एमएल ह्याकाथन आयोजना गर्ने नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु नेपालकै ठूलो एमएडब्लू ईभी कार्निभल आयोजना हुँदै अमेरिकी विमानवाहक दक्षिण कोरिया पुग्यो, उत्तर कोरियासँग तनाव बढ्ने संकेत काठमाडौंमा एमएडब्लु इभी कार्निभल हुँदै बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस पाइने ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु बीवाईडीको हाईटेक वीक सुरु डिजिटल प्रविधिले छिटोछरितो न्याय निरूपण टेलिटकले नेपालमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन नेपालमा टाटाको ‘कर्भ डट ईभी’ ईभी सार्वजनिक ‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, सबैको प्रतिबद्धता चाहिन्छ’ पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न टेक्नोका फोनमा अब ‘डिपसिक एआई’ दिपलको नयाँ स्टेट–अफ–आर्ट सोरुम पोखरामा प्रतिशोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी आइफोन १६–ई सार्वजनिक, मूल्य ६० देखि ९० हजारसम्म निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट लन्च हुँदै पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा
अपडेट

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

गृह मन्त्रालयले लगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता सामग्री सञ्जालमा नराख्न अनुरोध गरेको हो । मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा दोषीउपर कानुनी कारबाही गर्न र गलत सामग्री सञ्जालबाट स्वतः हट्ने व्यवस्था मिलाउन सिङ्गापुरस्थित टिकटक कार्यालय र नेपाल प्रहरीको साइबर ब्यूरोलगायत सरकारी निकायहरुबीच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय, सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच भएको छलफल भएको जनाउँदै सामाजिक सद्भाव बिगार्ने, विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील गतिविधि तथा सामग्री हटाउने र त्यस्ता सामग्री सञ्जालमा राख्ने व्यक्ति पत्ता लगाई कानुनी दायरामा ल्याउन सहज हुने भएकाले कानुनी कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयले जिम्मेवार नागरिकका रुपमा कानुनसम्मत् शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र सामाजिक सञ्जालमा राख्न अनुरोध गर्दै गैरकानुनी काम गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?