Trending:

फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता
अपडेट

सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?

सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडौँ। तपाईँले फेसबुक, , स्न्यापच्याट, यूट्यूब वा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?

त्यसो नभए पनि तपाईँले पक्कै आफूले चिनेका बालबालिका वा किशोरकिशोरीको सामाजिक सञ्जालमा खाता देख्नुभएको होला। तर कानुनअनुसार ती कतिपय बालबालिकाको त्यस्तो खाता खोल्न उमेर पुगेकै हुँदैन। नेपालसहितका देशमा यी माथि उल्लेखित सामाजिक सञ्जालहरूमा खाता खोल्नका लागि कम्तीमा १३ वर्षको उमेर हुनुपर्छ।

नेपालमा पनि धेरैले सामाजिक सञ्जालमा साना बालबालिकाको खाता खोलिदिएका छन्। बालबालिकाको उमेर नढाँटी त्यो सम्भव हुँदैन तर सामाजिक सञ्जालहरूले उमेर पुष्टि हुने प्रमाण वा आधार खोज्दैनन्।

यसले गर्दा बालबालिकाहरू अनलाइनका हानिकारक सामग्रीहरूमा पुग्ने गरेको र त्यसले असर गरेको भन्दै विश्वव्यापी रूपमा चिन्ता व्यक्त भएको पाइन्छ। त्यसको नियमनका लागि विश्वका कतिपय देशमा कानुनहरू बन्ने क्रममा छन् भने सामाजिक सञ्जालहरूलाई पनि त्यसबारे निरन्तर सचेत गराउने काम भइरहेका विवरण छन्।

‘गम्भीर असर’

नेपालमा धेरै बालबालिकाले १३ वर्षभन्दा कम उमेरमै सामाजिक सञ्जालमा खाता खोलिएको पाइन्छ। ती खातामा उनीहरूले निरन्तर तस्बिरतथा भिडिओ राख्ने गरेको पाइन्छ।

स्वयं आमाबुवाले नै त्यसरी खाता खोलिदिने र उनीहरूका तस्बिरहरू राखिदिने गरेको पाइएको बालमनोविद् पुष्पा अधिकारी बताउँछिन्। “अहिले त बच्चालाई ‘पपुलर’ बनाउनका लागि पनि आमाबुवाले आफैँ अकाउन्ट खोलिदिने गर्नुहुन्छ। त्यो ‘पपुल्यारिटी’ हेर्ने कि बच्चाको स्वास्थ्य हेर्ने वा बालबालिकालाई भोलि कस्तो असर गर्छ त्यो हेर्ने?,” उनले भनिन्।

मोबाइल तथा अन्य उपकरणमा बालबालिकाको पहुँचलाई सीमित राख्ने प्रणालीहरू उपलब्ध भइसकेका कारण कति समय प्रयोग गर्न दिने र दिँदा कस्तो सामाग्री हेरिरहेका छन् त्यसमा ध्यान दिनुपर्ने उनी बताउँछिन्।

“उनीहरूलाई मोबाइलमा कस्तो एप मात्रै हेर्न दिने र कति समयका लागि हेर्न दिने भन्ने ‘सेटिङ’ गर्न मिल्छ। त्यसमा अभिभावकले ध्यान दिनुपर्छ,” मनोविद् अधिकारीले भनिन्। नेपालमा केही ‘सेलेब्रटी’हरूले समेत आफ्ना उमेर नपुगेका सन्तानहरूको सामाजिक सञ्जालमा खाता खोलिदिएका छन्।

बालबालिका झर्किने, कोठामा एक्लै बस्ने, पढ्नमा ध्यान नदिने जस्ता समस्या लिएर अभिभावक आउने र त्यस्था अधिकांश बालबालिकाहरू विद्यालयबाट फर्किएपछि तीनचार घण्टा मोबाइलमा सामाजिक सञ्जालहरू हेर्ने गरेको पाइएको अनुभव उनी सुनाउँछिन्।

त्यसमा पनि किशोरीहरूले त आत्महत्यासमेत गरेका घटनाहरू आएको उनी बताउँछिन्। “अहिले अत्यधिक ‘साइबर क्राइम’का घटना देखिन्छ्न, जसमा खास गरी किशोरीहरूको सामाजिक खाता दुरुपयोग भएको अनि यसले गर्दा आत्महत्याहरू नै गरेको पनि भेटिएको छ।”

यस्तो अवस्थामा सुरुमा घरभित्रै आमाबुवा र अभिभावकहरू सचेत हुनुपर्ने र त्यसपछि यसको नियमनका लागि सरकारले पनि ध्यान दिन उनी सुझाउँछिन्।

यूकेमा सर्वेक्षणबाट के देखियो?

‘अफकम’ नामक यूकेको नियामक निकायले सामाजिक सञ्जालमा बालबालिकाहरूले वयस्क भएको बताइरहेको विषयलाई सम्बोधन नगरे त्यस्ता कम्पनीहरूमाथि कारबाही हुने चेतावनी दिएको छ। हालै सार्वजनिक भएको एउटा नयाँ सर्वेक्षणले ८ देखि १७ वर्षका करिब २२ प्रतिशत बालबालिकाले सामाजिक सञ्जालका एपहरूमा आफ्नो उमेर १८ वर्ष वा त्योभन्दा माथि राखेको अनुमान गरेको छ।

अफकमले बालबालिकाले सजिलै उमेर ढाँट्न सक्दा त्यसले उनीहरूको अनलाइनमा उपलब्ध हुने हानिकारक सामाग्रीमा पहुँच पुग्ने खतरा बढेको जनाएको छ। “बालबालिकाको उमेर अनलाइनमा थाहा पाउनका लागि सामाजिक सञ्जालहरूले धेरै गर्नुपर्ने छ,” बीबीसीसँग बोल्दै अफकमका ‘मार्केट इन्टेलिजन्स’का निर्देशक इयान मक्रेईले बीबीसीलाई भने।

‘ढाँट्न धेरै सजिलो’

केही प्रविधि कम्पनीहरूले बालबालिकाका लागि सामाजिक सञ्जाल सुरक्षित बनाउनका लागि उपायहरू घोषणा गरेका छन्। उदाहरणका लागि इन्स्टाग्रामले किशोरकिशोरीका लागि “टीन अकाउन्ट” ल्याउन लागेको छ।

ग्लास्गोस्थित रोशल अक्याडमीमा किशोरकिशोरीको एउटा समूहसँग बीबीसीले कुरा गर्दा उनीहरू सबैले सामाजिक सञ्जालमा आफूहरूले वयस्क भनेर उमेर राखेको बताए।

“आफ्नो उमेर ढाँट्न एकदमै सजिलो छ,” १५ वर्षे एक किशोरीले भनिन्। “मैले आफू जन्मिएको दिन र महिना ठ्याक्कै त्यही राखेँ, तर जब वर्ष लेख्ने बेला आयो, अनि मैले ‘कर्सर’ घुमाउँदै १० वर्षमाथि उमेर राखेँ,” उनले भनिन्। “त्यहाँ केही कुरा पुष्टि गर्नुपर्दैन। परिचयपत्रको माग पनि गरिँदैन र त्यहाँ केही पनि सोधिँदैन,” अर्की किशोरीले भनिन्।

नयाँ इमेल ठेगाना बनाएर थुप्रै सामाजिक सञ्जालमा खाता खोल्दा त्यहाँ केही पनि माग गरिएन। अठार वर्षभन्दा माथि उमेर राख्नेबित्तिकै प्रमाण नमागी दर्ता गरिन्छ। अफकमले यसलाई अबका महिनाहरूमा परिवर्तन गर्नुपर्ने जनाएको छ। “बालबालिकाको उमेरबारे स्वघोषणा गर्नु स्पष्ट रूपमा अपर्याप्त छ,” मक्रेईले भने।

उमेरको निश्चितता पुष्टि गर्न दबाव

अनलाइन उपलब्ध हुने हानिकारक सामग्रीहरूमा बालबालिकाको पहुँच हुँदा त्यसले केही किशोरकिशोरीहरूको मृत्युसमेत भएका घटनाबारे गहिरो चिन्ता व्यक्त भएका छन्। यसै कारण यूकेमा यसअघिको सरकारले अनलाइन सुरक्षा ऐन (ओएसए) पारित गरेको छ। त्यसअनुसार सन् २०२५ को जुलाई महिनाबाट सामाजिक सञ्जालहरूले अफकमले भनेको “उमेर निश्चित गर्ने अतिप्रभावकारी संयन्त्र” लागु गर्नु पर्नेछ।

यूकेमा बालबालिका र किशोरकिशोरीका लागि बनेका चर्चित केही सामाजिक सञ्जालहरूसँग उनीहरूको प्रतिक्रिया लिन बीबीसीले प्रयास गरेको थियो। “कम उमेरको भन्ने शङ्क लागेपछि हामी दैनिक हजारौँ त्यसता खाता हटाउँछौँ,” एउटा विज्ञप्तिमा टिकटकले भनेको छ।

“कसरी ‘मशीन लर्निङ टेक्नोलोजी’ले यी प्रयासहरूलाई सुधार गर्न सक्छ र किशोरकिशोरी तथा बालबालिकाको सुरक्षा र सम्मानको अधिकारका लागि उमेरको आश्वासनका प्रत्याभूतिका लागि काम गर्न सकिन्छ भनेर हामीले हेरिरहेका छौँ,” त्यसमा भनिएको छ।

ह्वाट्स्याप, इन्स्टाग्राम र फेसबुकका माउ कम्पनी मेटा र स्न्याप्च्याटले भने यसबारे बताउन चाहेनन्। हालसालै अस्ट्रेलियाको संसद्ले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। बिबिसीबाट साभार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?