१४ चैत्र २०७९, मंगलवार

युट्युबमा यसरी गर्नुहोस् आफ्ना बच्चाबच्चीको निगरानी



 

एजेन्सी। बच्चाबच्चीलाई लक्षित गरिएको युट्युब किड्स एपका सामाग्रीबाट पनि चित्त नबुझाउने र परिपक्व भैनसकेका कारण मुख्य एपका सबै सामाग्री समेत हेर्न दिनु उपयुक्त नहुने अवस्थाका हुर्केका केटाकेटीहरुका लागि यो फिचर उपयोगी हुनेछ ।

युट्युबको मुख्य एप प्रयोगका लागि १३ वर्षको उमेर पुगेको हुनु पर्दछ र त्यसभन्दा कम उमेरका बच्चाबच्चीको लागि युट्युब किड्स नामक छुट्टै एप उपलब्ध छ । सुपरभाइज्ड गुगल अकाउन्टको माध्यमबाट अभिभावकहरुले आफ्ना बच्चाबच्चीलाई युट्युबमा पहुँच उपलब्ध गराउन तथा हेर्ने सामाग्रीमाथि नियन्त्रण र निगरानी गर्न पाउनेछन् ।

यसमा अभिभावकलाई ३ वटा भिन्नाभिन्नै कन्टेन्ट सेटिंग्स उपलब्ध गराइनेछ ।

एक्सप्लोर – युट्युब किड्सबाट बाहिर निस्किएर युट्युबमा विभिन्न थप सामाग्रीहरु खोज्ने र हेर्ने उमेरका बालबालिकाका लागि यो सेटिंग्स उपयुक्त हुनेछ ।

एक्सप्लोर मोर – यो फिचर खासगरी १३ वर्षभन्दा माथिका बालबालिकाका लागि उपयुक्त हुनेछ । यसमा बालबालिकाले अझै व्यापक प्रकारका भिडियोहरु हेर्न पाउँछन् भने युट्युबमा लाइभ स्ट्रिम समेत हेर्न पाउनेछन् ।

मस्ट अफ युट्युब- यो सेटिंग्समा चाहिँ बालबालिकाले युट्युबमा लगभग सबै खाले भिडियोहरु हेर्न पाउँदछन् । यद्यपि उमेरगत बन्देज रहेका भिडियोहरु चाहिँ हेर्न पाइनेछैन ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द