© 2021-2024
एजेन्सी । भिडियो इडिट गर्न नआएर तपाई हैरान हुनुहुन्छ ? त्यसो हो भने आज हामी तपाईलाई सजिलो तरिकाबाट भिडियो इडिट गर्न सिकाउछौँ । त्यसको लागि सुरुमा यी सफ्टवेयर डाउनलोड गर्नुहोस् ।
-सटकट
सटकट सफ्टवेयरमा अडियो इडिट गर्न, कि फ्रेम प्रयोग गर्न, इफेक्ट प्रयोग गर्न र यसमा जुनसुकै प्रकारको भिडियो इडिट गर्न सक्नु हुन्छ ।
-ओपन सट
यो सफ्टवेयर लिनक्स, म्याक तथा विन्डोज अपरेटिङ सिस्टममा उपलब्ध रहेको छ । ओपन सटमा थ्रिडि एनिमेसन, इफेक्ट, अडियो इडिट, टेक्स्ट इडिट, भिडियोको कुनै पनि पार्ट काट्न, ब्याकग्राउण्ड परिवर्तन गर्न सकिन्छ ।
-विन्डोज मुभी मेकर
यसबाट भिडियो, फोटो जोड्न , फोटोको बिचमा एनिमेसन लगाउन, म्युजिक लगाउन, भ्वाइस रेकर्ड गर्न, इनिमेसन गर्न सकिन्छ ।