७ चैत्र २०७९, मंगलवार

सवारी चालक अनुमतिपत्रको छपाई आजदेखि शुरु!



गत सात-महिनादेखि स्थगित भएको सवारी चालक अनुमतिपत्रको छपाई आज पौष १३ गते देखि पुन: सुचारु हुने भएको छ।

आज यातायात विभागमा आयोजना हुन गईरहेको एक कार्यक्रमबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले छपाइको सुरुवात गर्ने विभागका निर्देशक लोकनाथ भुषालले जानकारी दिनुभएको छ।

उहाँका अनुसार विभागले मगाएको कार्ड स्पेशिफिकेसन अनुसारको गुणस्तर परीक्षण सम्पन्न गरी छपाइको काम सुरु गर्न लागिएको हो।

आजदेखि चारओटा मसिनबाट स्मार्ट लाइसेन्स छपाइको काम सुरु हुनेछ भने, सबै मसिनले राम्रोसँग काम गरेको खण्डमा प्रतिमिनेट चार ओटाका दरले तीन सिफ्टमा दैनिक १० हजार छपाइ हुनेछ । त्यो हिसाबले अबको तीन महिनाभित्र, ट्रायल पास गरेका चालकले स्मार्ट लाइसेन्स प्राप्त गर्नेछन् ।

हाल स्मार्ट लाइसेन्स नहुँदा पर्ची देखाएर सवारी चलाउनेहरुको संख्या ७ लाख भन्दा बढी छ, यसो हुँदा सक्कली वा नक्कली प्रमाणपत्र छुट्याउन ट्राफिक प्रहरीलाई हम्मे हम्मे पर्दै आएको छ।

 


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५