© 2021-2024
नेपालमा केही वर्ष पहिले अनलाइन सपिङ अहिलेको जस्तो लोकप्रिय थिएन। अविश्वसनीय गुणस्तर र अनलाइन भुक्तानी गेटवेको अभाव यसका मुख्य कारणहरु हुन्। अहिलेको परिस्थितिमा प्रविधिको विकासले नेपालमा अनलाइन सपिङ साइटहरूको द्रुत प्रगतिलाई सम्भव बनाएको छ। मानिसहरु आफ्नो ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, आदि प्रयोग गरी आजकाल बजार नगई पनि आफ्ना आवश्यक वस्तुहरु विक्री तथा खरिद गर्न सक्ने भएका छन्।
एक ५ वर्ष पुरानो अध्ययनले नेपालमा कुल इ-कमर्स ट्राफिकको लगभग ३५ प्रतिशत मोबाइलबाट मात्र भएको देखाउँछ। साथै, आजको दिनमा मानिसहरूले धेरै डिजिटल भुक्तानी प्लेटफर्महरू प्रयोग गरेर सजिलै अनलाइन भुक्तानी गर्न सक्छन्। यसो हुँदै गर्दा हाम्रा कारोवारहरु केहि हदसम्म सहज र नगद रहित बन्दै गएका छन्।
समय संगै बढ्दै गएको अनलाईन सपिङ्गको क्रेज र यसको बढ्दो संख्या त स्वाभाविक नै हो तर अनावश्यक रुपमा च्याउ पलाए झैँ इ-कमर्स साईटहरु खुल्दै गर्दा प्राय:ले गुणस्तरमा ध्यान नदिंदा अनलाईन सपिंगको अस्तित्व नै धरापमा परेको छ।
नेपालकै पुरानो तथा चर्चित ए-कमर्स साइट ‘दराज’ बेला बेलामा विभिन्न कारणहरुले चर्चामा आइरहन्छ, उक्त प्लेटफर्म कहिले यसको सेवाका कारण चर्चामा आउँछ त कहिले प्रतिष्पर्धी गिरोहका कारण।
कस्तो छ त ‘दराजको’ वास्तविक सेवा:
केहि वर्ष अघि सम्म सिमित मात्रामा भएका इ-कमर्स मध्यको एक हो दराज, जसले नेपालको ई-कमर्स क्षेत्रलाई विकस गर्ने कुरामा केहि हदसम्म सहयोग त पक्कै गरेको छ तर यसले दिने सेवाहरुको गुणस्तरमा भने पटक पटक आलोचना हुने गरेको छ।
ग्राहकहरुको भनाई अनुसार दराज संग किनबेच गर्दा देखाएजस्तो सामाग्री वास्तवमा नपाउने र पाएको सामाग्री मन नपर्दा फिर्ता गर्ने राम्रो पोलिसी नहुँदा समेत समस्याहरु उब्जिएको पाइन्छ।
धेरै जसो यस्ता समस्या ग्राहकहरुको आफ्नै हेल्चाक्राईबाट पनि हुन्छ: आफुले सामान अर्डर गर्नु अघि सेवा प्रदायक(उद्पादक) स्टोरहरुको रेटिंग नहेर्ने वा उत्पादनको बारेमा अरुले लेखेको कमेन्ट नपढ्ने बानीले गर्दा पनि ग्राहक गलत स्टोरमा फस्छ र सम्पूर्ण दोष दराज प्लेटफर्म लाई लाउँछ। त्यसो भन्दै गर्दा दराजले पनि यस्ता बाहाना देखाएर पन्छिन भने मिल्दैन उसले विक्रेताहरु लिंदा उसको सेवादक्षता र उत्पादनको गुणस्तर बारे भने ध्यान राख्नै पर्ने हुन्छ।
समस्याहरु सबै खाले प्लेटफर्ममा हुन्छन तर जसले आफ्ना ग्राहकहरुलाई ध्यानमा राखेर त्यसको समाधानको बाटो खोज्छ उसले बजार पाउने कुरामा २ मत छैन भने ग्राहकका कुरा नासुन्नेहरु बिस्तारै विलिन हुँदै जाने पनि निश्चितप्राय: छ, त्यसो त दराज अझै फस्टाउने वा विलिन हुने दराजकै संचालकहरुमा भर पर्छ।