१४ चैत्र २०७९, मंगलवार

ललितपुरका ६ वटा चोकमा ‘इन्टलिजेन्स’ ट्राफिक लाइट प्रणाली !



ललितपुर महानगरपालिकाले काठमाडौंका मुख्य चोकमा ‘इन्टेलिजेन्स ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्ने भएको छ । सडक विभागले जडानमा ढिलाइ गरेपछि ललितपुर महानगरपालिकाले आफ्ना ६ वटा मुख्य चोकमा मात्रै यस्तो प्रणालीको स्थापना गर्न लागेको हो ।

तत्कालीन काठमाडौं दिगो सहरी यातायात आयोजनाले बत्ती जडानका लागि अहिलेसम्म तीन पटक टेन्डर आह्वान गरेको थियो । तर, सरकारले तोकेको भन्दा बढी लागत आएपछि सबै टेन्डर रद्द गरिएको थियो ।

ट्राफिक जाम व्यवस्थापन गर्न सडक विभागले महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक बत्ती जडान गरिरहेको मेयर चिरिबाबु महर्जनले बताएका छन् साथै ललितपुरको कुपण्डोल, हरिहर भवन चोक, झम्सीखेल जाने चोक, धोबीघाट चोक, जावलाखेल र लगनखेलमा यस्ता बत्ती जडान गरिएको छ ।

“यी सबै बत्तीहरू एउटै प्रणालीमा हुनेछन्। आपसमा जोडिएकाले एउटा चोकमा अड्किएको सवारी अर्कोमा अड्किने छैन । यस कामका लागि टेण्डरमार्फत कम्पनी छनोट गरिएको महर्जनले बताएका छन् ।

ललितपुरका अधिकांश ट्राफिक बत्तीहरु बिग्रिएका छन् । चोकचोकमा भने ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्नुपर्छ । त्यसैले इन्टेलिजेन्स ट्राफिक सिग्नल प्रणाली थप्न लागिएको मेयर महर्जनले बताएक छन् ।बत्ती व्यवस्थापन गर्न ट्राफिक प्रहरी केन्द्रमा छुट्टै कन्ट्रोल युनिट समेत राखिने भएको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द