Trending:

स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’ काठमाडौं महानगरपालिकाले थाल्यो जिआईएस नक्सांकन नेपाली बजारमा अनर एक्स ९सी आउँदै ओपनएआई किन्ने मस्कको प्रस्ताव कम्पनीले गर्‍यो अस्वीकार डिशहोमको ‘समर स्पिड’ अफर सार्वजनिक भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधिको ‘राजनीतिकरण’ को विरोध भायानेटले ५५ करोड रुपैयाँ रोयल्टी र आरटीडीएफ बुझायो ओपन एआई खरिद गर्ने मस्कको प्रस्ताव सामसङको ‘बिस्पोक एआई फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा इसेवा वालेटमा रहेको पैसा अब एनआईसी एसिया बैंकको एटीएमबाट पनि निकाल्न मिल्ने छ खुट्टा भएको रोबट कुकुरको अन्टार्कटिकामा परीक्षण स्कोडा नेपालको फाइनान्सिङ योजना सार्वजनिक टिकटक किन्न एलन मस्कले देखाएनन् इच्छा सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के-के छन् ? चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने प्रधानमन्त्रीसँग टिकटकरहरुको भेट : पुनः सञ्चालनप्रति प्रशन्नता विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग ‘वनप्लस १३’ नेपाली बजारमा भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक’ शुरू यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ नेपालमा सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध गर्ने सञ्चारमन्त्रीको चेतावनी नेपाल टेलिकमले कमायो ६ अर्ब २३ करोड मुनाफा नेपाल टेलिकमको ई-सिम अनलाइनबाटै लिन सकिने चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन : अल्टम्यान अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनी सूचीकरण गर्न मन्त्रालयको सूचना क्यानडामाथि थप कर लगाउने ट्रम्पको चेतावनी ओमोडा एण्ड जेइकोको नयाँ शोरुम बसुन्धारामा विस्तार, कुलमान घिसिङद्वारा उद्घाटन टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक माघ २४ गतेदेखि क्यान इन्फोटेक दक्षिण कोरियाको नियामक निकायले प्रयोगकर्ताको डाटाबारे डिपसिकसँग सोधपुछ गर्ने सीजी मोटर्सद्वारा वीरगन्जमा ईभी ब्रान्ड लन्च अमेरिकी संसदमा डिपसिक प्रयोगमा प्रतिबन्ध आइफोनको विक्री घट्यो नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलोपटक एकसाथ स्पेस वाक मन्त्री गुरुङले भने “आइटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्ने आधार सिर्जना गर्छौं” सिप्रदी एप विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै सामसङ एस–२५ सिरिज नेपालमा प्रि–बुकिङ सुरू फेक आईडीबाट भ्रामक सूचना सम्प्रेषण गरे ५ वर्षसम्म कैद डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर सामसङले घटायो ग्यालेक्सी ‘एस २४ अल्ट्रा’ यस्तो छ नयाँ मूल्यसूची विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई ०७ नेपालमा सार्वजनिक चीनको चर्चित एआई च्याटबट डिपसिकप्रति अस्ट्रेलिया चिन्तित विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप प्रकाश प्रदूषणको चपेटामा सीजी मोटर्सद्वारा नेपालमा आयन भी सार्वजनिक सरकारी कर्मचारीलाई साइबर सुरक्षा सम्बन्धी एडभाइजरी जारी भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक, यस्ता छन् फिचर इसेवा १६ औँ वर्षमा प्रवेश, थपिए यस्ता सुविधा निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा
अपडेट

CG नेटको भुक्तानी प्रणाली पान पसल भन्दा झुर !

CG नेटको भुक्तानी प्रणाली पान पसल भन्दा झुर !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

समयको बेग सँगै देश डिजिटल बन्दै गइरहेको छ । विभिन्न डिजिटल वालेट र मोबाइल बैंकिंगहरुले प्राय: सबैजसो भुक्तानी प्रणालीलाई अनलाइन गरिसके ।

आजको दिनमा कुनै एउटा सानो पान पसल तथा किराना पसलहरूले समेत QR देखि मोबाइल बैंकिंगको माध्यमबाट छिटो र सरल तरिकाले कारोबार गरिरहेका छन्। इन्टरनेट सेवा प्रदायकहरूले पनि डिजिटल भुक्तानीको प्रणाली एडप्ट नगरेका भने हैनन्, प्रायजसो सेवा प्रदायकहरूले सेवा रकम डिजिटल रूपमै लिने र छिटो र सरल तरिकाले सेवा पनि प्रदान गरिरहेका छन् ।

CG नेटको कस्तो छ कारोबार?

CG नेटले पनि पछिल्लो समय आफ्नो सेवा विस्तारलाई ध्यानमा राख्दै विभिन्न ठाउँहरूमा इन्टरनेट जडान गर्दै आइरहेको छ । तर, आफ्ना ग्राहकहरूको गुनासो भने रत्तिभर सुन्ने गरेको पाइँदैन ।

बिल भुक्तानी गरिसकेपछि पनि इन्टरनेट नपाइने र फोन गर्दा पनि स्क्रिनशट देखि स्टेटमेन्ट माग्ने झन्झट त छंदै छ आफ्नो सिस्टमकै कमजोरी हुँदा पनि २४ घण्टा सम्म पनि एक्स्टेण्ड गरिदिँदैन।

भुक्तानी गरिसकेर फोन गर्दा समेत भाइबर, मेलमा स्क्रिनशट, स्टेटमेन्ट लगायतका झन्झटिला काम लाउने र फोन गर्दा पनि समयमा नउठ्ने र उठेपछि पनि केहि समयमा हुन्छ भन्ने, केहिसमयमा काम नभएर सम्पर्क गर्दा पुनः स्क्रिनशट, स्टेटमेन्ट पठाउन लगाएर दुख दिने गरेको एक उपभोक्ताले टेककागजलाई बताए ।

एक उपभोक्ता भन्छन् “मेरो कार्यालयमा CG नेट छ, एकछिन नेट नहुँदा हाम्रो कामनै रोकिन्छ । बिल भुक्तानी गरिसकेर फोन गर्दा प्राविधिकले उठाउनुहुन्छ र स्क्रिनशट तथा स्टेटमेन्ट माग्नुहुन्छ, पठाएर फोन गर्दा फेरी अर्कै प्राविधिकले उठाउनुहुन्छ र फेरी त्यही कुराहरू दोहोर्याएर सोध्नुहुन्छ। पटक पटक यस्ता झन्झटिला दुख पाइसकेपछि पनि गुणस्तरीय सेवा नपाउँदा नराम्रो लाग्छ। ”

 

के यस्तै प्रकारको ग्राहक सेवाले CG नेटको बिस्तारमा सहयोग गर्ला त ? नेट जोड्दाको सस्तो सेवा मात्रै उपभोक्ताको आवश्यकता हो त ?

सामान्य खुद्रा पसलदेखि सेवा प्रदायकहरू यति एड्भान्स भईसके कि भुक्तानीको जानकारी तत्कालै पाउँछन र सेवा, सामाग्रीहरु उपलब्ध गराउँछन् । तर, इन्टरनेट सेवामा प्रतिस्पर्धामा रहेको CG नेटले यो डिजिटल प्रविधिलाई एडप्ट गर्न नसक्नुको कारण के होला ?

यस विषयमा हामीले CG नेटलाई सम्पर्क गरेका थियौं । उहाँले केहि समय अघि सम्म आफ्नो भुक्तानी प्रणाली झन्झटिलो भएको कुरा सहर्स स्वीकार गर्दै आफुले बजारमा CG Pay एप शुरु गरिसकेको र यसबाट भुक्तानी गर्दा समस्या नहुने बताउनु भएको छ। उहाँले थप्दै भन्नुभयो “हामि बजारमा नयाँ भएकाले सिस्टम बनाउन समय लागेको हो बिस्तारै सहज बनाउँदै जाने छौं, अहिले CG Pay बाट भुक्तानी गर्दा ३०% क्यासब्याक समेत रहेको कुरा ग्राहकहरु सम्म पुर्याउन सहयोग गरिदिनुहोला”।

तर CG Pay को बारेमा अनुसन्धान गर्दा यो आफ्नो सेवाका लागि मात्रै नभएर डिजिटल वालेटको रुपमा विकाश गर्न खोजिएको जस्तो देखिन्छ, यत्रो समयसम्म उपभोक्ता हरुलाई झन्झटिलो प्रक्रिया गर्न लगाई दुख दिएर दुख बुझे झैं गरेर उपभोक्ताको भावना संग खेलेर अहिले डिजिटल वालेट शुरु गर्नु बजारीकरणको जाल बिछ्यैइएको हो भनेर बुझ्न त्यति गाह्रो नहोला कि ? यधपी ग्राहकहरुले पनि चासो दिएर यस्ता कुराहरुमा घच्घच्याउन भने आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?