९ चैत्र २०७९, बिहीबार

खल्तीबाट ईएमआई भुक्तानी गर्दा क्यास्ब्याक साथै स्मार्टफोन जित्ने मौका



खल्तीले किस्ता ‘ईएमआई भुक्तानी गर्दा शतप्रतिशतसम्म क्यासब्याक पाइने अफर ल्याएको छ । साथै दुई भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउने खल्तीले जनाएको छ।

हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्लू इन्भेष्टमेन्टको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा शत प्रतिशत क्यास ब्याक (५ हजार रुपैयाँसम्म) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन् ।

यो अफर चैत १ देखि चैत ३० सम्म मान्य हुने कम्पनीले जनाएको छ । डिजिटल कारोबारलाई अझ प्रोत्साहन गर्न अफर ल्याइएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः