२३ जेष्ठ २०८०, मंगलवार

राष्ट्रिय आविष्कार केन्द्रलाई ३ लाख ५० हजार मूल्य बराबरको ५ वटा नयाँ ल्यापटपहरू !



काठमान्डौ, आविष्कार केन्द्रलाई लेभल५१ कम्पनीले ३ लाख ५० हजार मूल्य बराबरको ५ वटा नयाँ ल्यापटपहरू दान गरेको छ । आज राष्ट्रिय आविष्कार केन्द्रमै पुगेर कम्पनीका संस्थापक कुशल रिमाल, कम्पनीका म्यानेजर सुदिप राई र मार्केटिङ म्यानेजर विदित सिंहले उक्त ल्यापटपहरू प्रदान गरेका हुन्।
लेभल५१ ले निःशुल्क प्रदान गरेका उक्त ल्यापटपहरू आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुले प्रयोग गर्ने केन्द्रका संस्थापक महावीर पुनको भनाई छ। निःशुल्क रूपमा राष्ट्रिय आविष्कारको प्रयोजनका लागि ल्यापटपहरू प्रदान गर्ने सो कम्पनीलाई संस्थापक पुनले धन्यवाद दिँदै खुसी व्यक्त गर्नुभएको छ।
लेभल५१ ले अन्तर्राष्ट्रिय बजारमा पाइने विभिन्न सस्ता पार्टपुर्जा ल्याई यहाँका ग्राहकहरूको रुचि र आवश्यकता अनुसारको ल्यापटप एसेम्बल तथा उत्पादन गर्ने गरेको छ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, एजेन्सी । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न