२३ जेष्ठ २०८०, मंगलवार

न्युज कारखानाबाट निःशुल्क एफएम रेडियो सुनाउन सकिने



भिडियो, फोटो र टेक्स्ट सुबिधा एकै ठाउँबाट दिइरहेको नेपालको पहिलो समाचार एजेन्सी न्युज कारखानाले एफएम रेडियो निःशुल्क रुपमा सुनाउने व्यवस्था मिलाएको छ ।

सूचना, समाचार र मनोरन्जनको प्रभावकारी माध्यम एफएम रेडियोहरू न्युज कारखानामा दर्ता भएर भेरिफाईड भए लगत्तै निःशुल्क रुपमा सुनाउन र सुन्न सक्नेगरी व्यवस्था मिलाइएको हो ।

न्युज कारखानाको सामाजिक दायित्वअन्तर्गत समाजको सबैभन्दा तल्लो तहसम्म पुग्ने एफएम रेडियोलाई अझ प्रभावकारी बनाउन निः शुल्क सुन्न सक्ने व्यवस्था मिलाएको न्युज कारखानाकी निर्देशक प्रबिना कार्कीले बताइन् ।

‘दुर्गम गाउँका एफएम रेडियोको पनि संसारभर पहुँच पुगोस् भन्ने हेतुले न्युज कारखानाको यो सेवा निःशुल्क दिएको हो,’ निर्देशक कार्कीले भनिन् । उनका अनुसार न्युज कारखानामा दर्ता भएका समाचार संस्थाले मात्र यो सुबिधा प्राप्त गर्नेछन् ।

दर्ता भएका एफएम रेडियोको वेभसाइटमा सजिलै जान मिल्ने थप सुबिधा पनि उपलब्ध छ । ‘न्युज कारखानाको वेभसाइटको होमपेजमा देखिने ‘रेडियो स्टेसन’मा क्लिक गरेर सबैले सहजै एफएम रेडियो सुन्न सक्नेछन्,’ कार्कीले भनिन्, ‘अब रेडियो सुनाउन र सुन्न कुनै शुल्क लाग्ने छैन ।’


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न