१२ मंसिर २०७९, सोमबार

Logo

सीमित व्यक्तिहरुको पूर्वाग्रहका कारण चौधरी ग्रुपलाई मोबाइल सेवामा छिर्न नदिएको निर्माण चौधरीको आरोप !



केही समय अघि मात्रै इन्टरनेट सेवामा प्रवेस गरेको सी.जी ले विगत १५ वर्ष देखि विभिन्न क्षेत्रमा आफ्नो वर्चस्व जमाउँदै आएको छ। चौधरी ग्रुपले टेलिकम्युनिकेसन्सको सेवामा प्रवेश गर्ने उद्देश्य भने डेढ  अगावै राखेको थियो तर बिचमा आइपर्दै गरेका विभिन्न अप्ठ्यारा र झमेलाहरुले गर्दा  सुरु भइसकेको भने छैन, यसको मुख्य कारण हो लाइसेन्स नपाउनु।

सरकारमा राम्रो प्रभुत्व जमाएका विनोद चौधरी सत्ता पक्षकै नेता हुँदा हुँदै पनि चौधरी ग्रुपले लाइसेन्स नपाउँदा कतै आश्चर्यको आवाज सुनिन्छ त कतै सुशासन को यद्यपि सरकारले लाइसेन्स को लागी अनुमति नदिएको भने हैन। सरकारले अनुमति दिनू भने पनि केही मापदण्ड र सर्त पूरा नभएको भन्दै दूरसञ्चार सेवा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सिजी टेलिकम्युनिकेसन्सलाई एकीकृत लाइसेन्स दिन मानेको छैन।

पन्ध्र वर्षदेखि मोबाइल सेवा सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएको सिजी टेलिकम्युनिकेसन्सले लाइसेन्स पाइरहेको छैन। यसमा किन भन्ने प्रश्नमा प्राधिकरण मापदण्ड को आधार देखाउँछ भने अर्को पक्ष चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी भने प्राधिकरणका केही व्यक्तिहरूको पूर्वाग्रहका कारण लाइसेन्स नदिएको आरोप लगाउँछन्।

प्राधिकरणले राम्रो टेलिकम्युनिकेसन्स सेवा प्रदायक आइदियोस् भन्ने चाहे पनि त्यही भित्रका सीमित मान्छेहरूले विभिन्न स्वार्थ राखी पूर्वाग्रही बनेकै कारण चौधरी ग्रुपले एकीकृत लाइसेन्स नपाएको उनको भनाई छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन