© 2021-2024
सन् २०१७ यता पहिलो पटक उत्तर कोरियाले एउटा प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्र (आईसीबीएम) को परीक्षण गरेको छ।
एक घण्टाभन्दा बढी समय उडेको क्षेप्यास्त्र जापानदेखि दक्षिणतर्फ पानीमा खसेको थियो।
उक्त क्षेप्यास्त्रले अनुमानित १,१०० किलोमिटर टाढासम्म मार हान्न सक्ने भएकाले सैद्धान्तिक रूपमा त्यो क्षेप्यास्त्र अमेरिकासम्म पुग्न सक्ने जापानी अधिकारीहरु जनाउँछन्।
तात्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको उत्तर कोरियाली नेता किम जङ-अनले एक वार्ताले प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षणलाई अस्थायी रोक लगाएको थियो। तर सन् २०२० मा किमले आफू उक्त वाचालाई निरन्तरता दिन बाध्य नरहेको भन्दै प्रतिबन्ध फुकुवाको सुइँको दिएका थिए।
सन् २०१७ मा उत्तर कोरियाले आईसीएमबी- हसङ-१२- परीक्षण गरेको थियो जुन ४,५०० किलोमिटरको उचाइसम्म पुगेको थियो। त्यसैगरी हसङ-१४ अझ माथि अर्थात् ८,००० किलोमिटरसम्म पुगेको थियो।
नियमित बाटोअनुसार अघि बढेको भए उक्त क्षेप्यास्त्र १३,००० किलोमिटरसम्म पुग्न सक्ने र त्यसको अर्थ अमेरिकाको मूलभूमिको कुनै पनि क्षेत्रमा त्यो पुग्नसक्ने विज्ञहरुको भनाई छ।