Trending:

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागको आग्रह प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री
अपडेट

आधुनिक डिजिटल प्रविधिबाट पठनपाठन

२१ चैत्र २०७८, सोमबार १२:०२

शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालय प्रविधि मैत्री विद्यालयका रुपमा परिचित भएको छ । आधुनिक डिजिटल प्रविधि प्रयोग गरी विद्यालयमा पठनपाठन हुँदै आएको हो । परम्परागत शिक्षालाई रुपान्तरण गरी प्रविधिमा आधारित कक्षा सञ्चालन हुँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र पाण्डेयले बताउनुभयो । “किताबी ज्ञानभन्दा विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदानमा जोड दिएका छौँ,” उहाँले भन्नुभयो, “विद्यार्थीका लागि स्मार्ट बोर्डसहितको कक्षा कोठा निर्माण गरी पढाइ हुँदै आएको छ ।” सहायक प्रधानाध्यापक पाण्डेयका अनुसार गणित विषयलाई निकै जटिल विषयका रुपमा चित्रण गरिने भएकाले यसलाई सरल र सहज रुपमा विद्यार्थीलाई सिकाउनका लागि आधारभूत तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई पूर्ण रुपमा डिजिटल माध्यमबाट पठनपाठन गर्नसक्ने व्यवस्था गरिएको छ ।

“विद्यार्थीले गणित विषय विद्यालयमा पढ्छन् । नबुझेका कुरा सिकाउनका लागि शिक्षकद्वारा निर्माण गरिएका डिजिटल सामग्री इन्टरनेटमा राखिएको छ,” उहाँले भन्नुभयो, “त्यसबाटै विद्यार्थीले सिक्ने गरेका छन् । इन्टरनेटका माध्यमबाट पाठ्य सामग्री हेर्न सक्ने गरी विषयवस्तु राखेका छौँ ।” विद्यार्थीको शैक्षिक गुणस्तर बढाउनका लागि निर्माण गरिएको वेबसाइटमा शिक्षासँग सम्बन्धित १५ वटा वेबसाइट खोल्न सकिने व्यवस्थासमेत गरिएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी राजेन्द्र अवस्थीले स्मार्ट डिजिटल बोर्डमा सिकाइ हुने भएकाले पढाएका कुरा बुझ्नका लागि निकै सहज हुने गरेको बताउनुभयो । “ कालोपाटीमा शिक्षकले ज्यामिती पढाउँदा बुझ्न कठिन हुन्थ्यो,” उहाँले भन्नुभयो, “डिजिटल बोर्डमा प्रविधि प्रयोग गरी सिकाइने भएकाले बुझ्न निकै सहज भएको छ । शिक्षकले निर्माण गरेका डिजिटल शैक्षिक सामग्री वेबसाइटबाट समेत हेर्न मिल्ने भएकाले नबुझेका कुरा घरमै हेरेर बुझ्ने गरेका छौँ ।” विद्यालयका शिक्षकले वेबसाइटमा शैक्षिक सामग्री, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षासम्बन्धी ऐन, निर्देशिका, विशिष्टीकरण तालिका, स्वअध्ययन सामग्री, पठनपाठनका विभिन्न स्लाइडहरु, उपयोगी लिङ्क, विभिन्न शिक्षाविदका लेखरचनाहरु वेबसाइटमा राखिएका छन् । आधारभूत तहका विद्यार्थीलाई चित्रका माध्यमबाट पठनपाठन गर्नका लागि प्रोजेक्टरको समेत प्रयोग हुने गरेको छ । “बदलिँदो परिवेशसँगै शिक्षामा समेत आमूल परिवर्तन हुन आवश्यक छ,” विद्यालय व्यवस्थापन समितिका सदस्य तेजबहादुर शाहले भन्नुभयो, “यसै कुरालाई मध्यनजर गर्दै विद्यालय शिक्षालाई डिजिटलाइजेशन गर्न लागेका छौँ । शिक्षालाई गुणस्तरीय बनाउनका लागि प्रविधिमा विशेष जोड दिई अगाडि बढ्दैछौँ ।” विद्यालयमा डिजिटल विधिबाट पठनपाठनको कार्य प्रभावकारी भए नभएका बारेमा समेत अध्ययन गरिँदै आएको जानकारी दिँदै उहाँले अवस्था अध्ययन गर्दा विगतको परम्परगत विधिको तुलनामा विद्यार्थीमा सिक्ने उत्सुकता पाइएको बताउनुभयो । विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या घटेको छ । पठनपाठनमा विद्यार्थीको रुचि बढ्दा उत्तीर्ण प्रतिशत बढ्नाका साथै नतिजामा सुधार हुँदै गएको पाइएको छ ।

विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिनका लागि त्रैमासिक, अर्धवार्षिक, वार्षिक परीक्षाको नतिजा वेबसाइटमै राखिने गरिएकाले अभिभावकले घरमै बसेर बालबालिकाको शैक्षिक अवस्थाबारे जानकारी पाउने गरेका छ । नजिकैको झलारी बजार क्षेत्रमा आधा दर्जनभन्दा बढी निजी विद्यालय सञ्चालन भइरहेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीको आकर्षण निजी विद्यालयतर्फ हुनुपर्नेमा प्रविधि मैत्री शिक्षा प्रणालीलाई आत्मसात् गर्दा विद्यालयमा विद्यार्थीको सङ्ख्या प्रतिवर्ष बढ्दो रुपमा रहेको प्रधानाध्यापक लक्ष्मी थापा ऐरले बताउनुभयो । उहाँका अनुसार विद्यालयममा आधारभूत तहदेखि माध्यमिक तहसम्म ५७३ विद्यार्थी पठनपाठन गर्दै आएका छन् जसमा छात्राको सङ्ख्या ३४२ र छात्रको सङ्ख्या २३१ छ । विद्यालयमा बाहुन क्षेत्री समुदायका २७१ र जनजातिका १०६ र दलितका १९६ विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षाका रुपमा विद्यालयमा आइएस्सी, एजी र कृषि जेटिएका कक्षाहरुसमेत सञ्चालन हुँदै आएका छन् । प्राविधिकतर्फका कक्षामा ८८ विद्यार्थी पठनपाठन गर्दै आएका छन् । कृषितर्फका कक्षाका लागि प्रयोगात्मक शिक्षा प्रदान गर्न थोपा सिँचाइ, प्लाष्टिक टनेल, एग्रोनमी तीनवटा प्रयोगशाला छन् । विद्यालयमा १४ स्थायी, दुई अस्थायी, दुई निजी स्रोतबाट सञ्चालित शिक्षक छन् । विद्यालयमा भलिबल कोर्ट, खेलमैदान, पुस्तकालय, विज्ञान प्रयोगशाला पनि बनाइएका छन् । विद्यार्थीलाई कम्प्युटरसम्बन्धी शिक्षा दिन ५० वटा कम्प्युटरसहितको ल्याबको व्यवस्था गरिएको छ । सत्ताइस हजार ८४७ वर्गमिटरमा फैलिएको विद्यालयको गतिविधिलाई नियाँल्न विद्यालय छिर्ने प्रवेशद्वारदेखि विद्यालयका विभिन्न ठाउँमा गरी नौवटा सिसिटिभी क्यामेरासमेत राखिएका छन् । विद्यालयका सम्पूर्ण क्षेत्र कम्प्युटरमा हेरेर नियाँल्न सकिने बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?