Trending:

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी, उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता सूचना प्रविधि पढेका तथा पढ्न चाहनेका लागि भोलि ‘आईटी मेला’ आयोजना हुँदै, यसरी बन्नहोस् सहभागी ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागको आग्रह प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
अपडेट

भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोनहरु – भि२३ फाइभजी, वाई३३एस र वाई ०१ सार्वजनिक !

२८ चैत्र २०७८, सोमबार १३:३४

भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू – भि२३ फाइभजी, वाई३३एस र वाई०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको छ ।

भि२३ फाइभजी एक नविनतम स्मार्टफोन हो जुन उल्लेखनिय पोर्ट«ेटहरू र सेल्फीहरूका लागि असाधारण फोटोग्राफी सुविधाहरू सहित ट्रेन्ड सेटिङ डिजाइन र उच्च प्रदर्शनका साथ आउँछ । भि२३ फाइभजी को ५० एमपी अटोफोकस पोर्ट«ेट सेल्फी, ६४एमपी सुपर–सेन्सिङ क्यामेरा र ८एमपी सुपर वाइड–एंगल क्यामेराले क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्डहरू कायम गरेको छ । यसको बाह्य स्वरुपले प्राकृतिक साथै एक अलग अद्भूत लुक र अनुभव दिन्छ । नविन बाह्य स्वरुपका लागि भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरको छ जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढि आकर्षक देखिन्छ ।

अत्याधिक अपेक्षा राख्ने उपभोक्ताहरू, स्टाइल–सचेत ट्रेन्ड सेटरहरू र उच्च–कार्यसम्पादन फोटोग्राफरहरूले भि२३ फाइभजीमा सुन्दर डिजाइन, प्रिमियम फोटोग्राफी सुविधाहरू र गेमिङका लागि फाइभजी प्रदर्शनका साथै महत्वपूर्ण कार्य र स्रोत वृद्धिकर एपहरूको एक आदर्श संयोजन पाउँनेछन् ।

“भिभोमा, हामी आफ्नो व्यक्तित्व झल्काउन साहसी एवं नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरुका लागि नवाचार, अत्याधुनिक क्षमताहरू र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गदछौं । भि२३ फाइभजीले विशिष्ट गुणस्तरीय सेल्फी र पोर्ट«ेट शटहरूको लागि विभिन्न पक्षहरूमा उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ साथै हल्का तौल र सुरुचिपूर्ण डिजाइनले यसलाई फेशनेबल बनाउँछ तर अद्वितीय रङ–परिवर्तन विशेषताले गर्दा यो अन्यभन्दा अझ अलग छ । आज सार्वजनिक भएका तीनवटै स्मार्टफोनले प्रयोगकर्ताको मन जित्ने हाम्रो विश्वास रहेको छ” भिभो नेपालका सिईओ माइकलले भन्नुभयो ।

भि२३ फाइभजीको डुअल–टोन स्पटलाइट र फ्रन्टको क्यामेराको एआई एक्स्ट्रिम नाइट पोर्ट«ेट मोडको साथमा उत्तम नाइट पोट्र्रेटहरूबाट अँध्यारो प्रकाशमा राम्रो सटहरू लिन सकिन्छ । मनमोहक पार्टी दृश्यहरू खिच्न र विशेष पलहरू खिच्ने थप रमाइलो तरिकाहरूका लागि बहु–शैली पोर्ट«ेट सुविधा उपलब्ध छन् । भि२३ फाइभजीमा फोरके सेल्फी भिडियो पनि छ जहाँ प्रयोगकर्ताले उच्च स्पष्टताका साथ भिडियो खिच्न सक्छन । भि२३ फाइभजी ७.३९एमएम अल्ट्रा–स्लिम बडी र मेटल फ्ल्याट फ्रेममा विविध आकर्षणका साथ बहु–शैलीका लागि योग्य बनाउँदै अद्वितीय लुक र अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । डिजाइनलाई सुपर फाइन र टेक्स्चर अनुभूति प्रदान गर्न फ्लोराइट एजी ग्लासले समादर गरेको छ जुन स्पर्श गर्दा नरम हुनुका साथै फिंगरप्रिन्टहरू प्रतिरोधी छ । भि२३ फाइभजीले मिडियाटेक डाइमेन्सीटी ९२० प्रोसेसर मार्फत फ्ल्यागशिप स्तरको कार्यसम्पादन प्रदान गर्दछ । गेमरहरूले ९० हर्ट्ज रिफ्रेस रेट डिस्प्ले, एक्सटेन्डेड र्याम २.०, लिक्विड कुलिङ सिस्टम र अप्टिमल गेमप्लेको लागि अल्ट्रा गेम मोडको साथ सुपर स्मूद प्रदर्शनको आनन्द लिन सक्छन् । भि२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२००एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ ।

वाई सिरिजका फोनहरु सार्वजनिक

वाई३३एस को सार्वजनिकसँगै “फिचर–रिच स्मार्टफोन्स” मार्फत बजेट–अनुकूल श्रेणीमा अर्थपूर्ण नविनताहरू प्रदान गर्दै युवाहरूलाई लक्षित गर्ने भिभोको दृष्टिकोणलाई अगाडि बढाएको छ । ट्रिपल क्यामेराको संयोजनले सुसज्जित, भिभो वाई३३एस ले फोटोग्राफीलाई रचनात्मक अनुभव बनाउन ५० एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा प्रस्तुत गर्दछ । ५० एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक अनुमति दिन्छ र उच्च स्पष्टता फोटोग्राफीलाई पुनःपरिभाषित गर्दछ । यसबाहेक, सुपर नाइट सेल्फी आवाज घटाउने प्रविधि र औरा स्क्रिन लाइटले रातमा प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि प्रकाश प्रदान गर्दछ । वाई३३एसमा सुपर–शक्तिशाली, लामो समयसम्म चल्ने ५०००एमएएच ब्याट्री, ५०एमपी रियर क्यामेरा, र १८ वाट्ट फास्ट चार्ज रहेको छ । स्लिम ८.० एमएम स्लीक बडीमा प्याक गरिएको उत्कृष्ट क्यामेराको साथ स्मार्टफोनले सिमलेस स्मार्टफोन अनुभव प्रदान गर्दछ । भिभो वाई३३एस अत्याधुनिक सुविधाहरू भएका पावर–प्याक्ड उपकरणहरू माग गर्ने युवाहरूको जीवनशैलीसँग मेल खाने र “अन द गो” जेनरेशनका लागि बनाइएको छ ।

वाई०१ को स्टाइलिश थ्रीडी ब्याक कभरले सुसज्जित ८.२८ एमएम पातलो बडीले ट्रेन्डी लुक दिन्छ । यो एक सुपर स्लिम बडीसंग आश्चर्यजनक देखिन्छ र आरामदायक ग्रिप प्रदान गर्दछ । ठुलो ब्याट्री र प्रोसेसर भएपनि यो १७८ ग्राम तौलको अत्यन्तै हल्का स्मार्टफोन हो । ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेले उत्कृष्ट स्ट्रिमिङ अनुभव प्रदान गर्दछ । यो डिभाइसमा ५०००एमएएच ब्याट्री रहेको छ जसले प्रयोगकर्ताहरूलाई हेलियो पी३५ प्रोसेसर र विशेष मल्टि–टर्बो ३.० टेक्नोलोजीद्वारा समर्थित २+३२ जीबी र्यामको साथ एकै चार्जमा धेरै कामहरु गर्न र उच्च ग्राफिक गेमहरू चलाउन अनुमति दिन्छ ।

मूल्य र उपलब्धता

भिभोका तीनवटा स्मार्टफोनहरु – भि२३ फाइभजी, वाई३३एस, वाई०१ आजबाट देशभर उपलब्ध हुनेछन् । भिभो भि२३ फाइभजीको मूल्य रु ५५,९९९ रहेको छ र यो ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुनेछ ।

वाई३३एस रु २९,९९९ मा ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाई०१ रु १३,९९९ मा २जीबी प्लस ३२जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?