२५ माघ २०७९, बुधबार

Logo

पोर्टफोलियो निर्माण सम्बन्धि तीन दिने बुटक्याम्प गर्दै नर्मा एजुकेसन !



डिजिटल नेपाल फ्रेमवर्कमा योगदान पुर्‍याउँदै नेपालमा सूचना र प्रविधिको महत्त्व प्रवर्द्धनको उदेश्य लिई तीन स्तम्भहरू: शिक्षा, तालिम र प्रवर्द्धनका लागि नर्मा एजुकेशनले शुरु गरेको प्रोजेक्ट शुन्यले PK IT Club को सहकार्यमा यहि असार ८ गते बुधबारका दिनदेखि असार १० गते शुक्रबार सम्म पोर्टफोलियो निर्माण सम्बन्धि तीन दिने बुटक्याम्प आयोजना गर्ने भएको छ।

बुटक्याम्पमा मुख्यतया: Roadmap to Web development, LinkedIn optimization र Portfolio building गरि ३ ओटा विषयहरुमा वृस्तृत जानकारी तथा तालिम प्रदान गरिनेछ भने फुल स्ट्याक डेभलपर नारायण न्यौपाने र Reflex IT Solution का प्रमुख कार्यकारी निशान्त फुयालले प्रशिक्षण दिनुहुने छ।

८,९ र १० गरि तिन दिनसम्म हुने उक्त बुटक्याम्पको पहिलो दिन वेब डेभलपमेण्टको बारेमा बुझाउँदै HTML र CSS का बारेमा आधारभूत ज्ञान प्रदान गरिनेछ भने मर्केण्टाइल बाट नि:शुल्क पाइने .np एक्स्टेन्सनको डोमेन दर्ता प्रक्रिया समेत सिकाइनेछ।

त्यसैगरी ९ गते Portfolio building को बारेमा सिकाइनेछ भने १० गते website deployment र LinkedIn optimization को बारेमा सिकाउँदै प्रश्नोत्तर सेसनका साथ् बुटक्याम्प समापन गरिनेछ।

बुटक्याम्प असार ८,९ र १० गते विहान १०:३० देखि मध्यान्न १२ बजे सम्म संचालन हुनेछ भने उक्त बुटक्याम्पमा पद्मा कन्या क्याम्पसका सम्पूर्ण विधार्थीहरु उपस्थित् भई लाभ उठाउन सक्नेछन।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट