१९ जेष्ठ २०८०, शुक्रबार

जन्मदिनमा एलन मस्कले पार गरे ट्वीटरमा १०० मिलियन फलोअर्सको आँकडा



१५ असार, एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको ट्वीटरमा १०० मिलियन फलोअर्स नाघेका छन्। मंगलबार ५१औं जन्मदिन मनाएका मस्कको ट्टीटरमा फलोअर्सको उक्त आँकडा पार भएको हो।

मस्क सहित विश्वभर ट्वीटरमा १०० मिलियन फलोअर्सको आँकडा कटाउने व्यक्ति जम्मा ६ जना रहेका छन्। मस्क पनि १०० मिलियन फलोअर्स कटाउने बाराक ओबामा, गायक जस्टिन बिबर लगायतको सुचीमा जोडिएका छन्। विश्वका प्रतिष्ठित व्यक्तिहरूमाझ ट्वीटर चर्चित छ।

अहिले ट्वीटरमा ओबामाका १३२.१ मिलियन, बिबरका ११४.१ मिलियन, केटी पेरीका १०८.८ मिलियन, रिहानाका १०६ मिलियन र क्रिस्टियानो रोनाल्डोका १०१.३ मिलियन फलोअर्स रहेका छन्।

मस्कलाई विश्वकै सबैभन्दा सफल लगानीकर्ताको रूपमा समेत लिइन्छ।

सन् १९७१ मा जन्मिएका मस्कले स्पेसएक्स, न्युरालिंक र बोरिङ को. लगायत कम्पनीको स्थापना गरेका छन्। मस्कले ४१ बिलियन डलरमा ट्वीटर खरिद गर्ने सम्झाैता समेत गरेका छन्।

अहिले ब्लुमबर्गको रिपोर्ट अनुसार मस्कको अहिलेको सम्पत्ति २०३ बिलियन अमेरिकी डलर रहेको छ। उनी विश्वकै सबैभन्दा खुसी व्यक्ति पनि हुन्।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले