१२ मंसिर २०७९, सोमबार

Logo

अप्टिकल फाइबरको समस्याले सञ्चार सेवा बन्द



७ मंसिर, बैतडी। अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो ।

अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौँ सेवाग्राही मारमा परेका छन् । मोबाइल, फोन सेवा र इन्टरनेट नहँदा स्थानीय नागरिक सञ्चारविहीन हुनुका साथै निर्वाचनको मतपरिणामको अपडेट दिन पनि समस्या भएको सञ्चारकर्मीले बताएका छन् ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल ‘ब्रेक’ हुँदा समस्या भएको र मर्मतका लागि प्राविधिक टोली खटिएको छ । उनले भने, “बैतडी र डडेल्धुराका प्राविधिकहरु खटिएका छन् । चाँडै सेवा सुचारु गर्न लागि परेका छौँ ।”


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन