Trending:

जलस्रोत अनुसन्धान केन्द्रद्वारा पहिरो पूर्वसूचना प्रविधिको नयाँ प्रयोग मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार, सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैन : उद्योगी चाडवाँडलाई लक्षित गर्दै आइएमई पेले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार अब आईएमई पेबाट एसआईपी भुक्तानी सजिलै गर्न सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना सुनको मूल्य घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार? शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द iOS 17 मा फोटोलाई स्टिकरमा कसरी बदल्ने स्मार्टफोन ब्राण्ड रियलमीको फ्यान फेस्ट हुदैँ विज्ञान र गणितका शिक्षक अभाव राससको श्रव्यदृश्य अब एफटीपी प्रणालीबाट नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय क्यानाडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य सेयर धितो कर्जामा १२ करोडको सीमा हट्दै Sparrow SMS अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प अमेरिकाद्वारा संविधान दिवसको शुभकामना प्रेस युनियनद्वारा परामर्श समिति गठन चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल कर्णालीको योजनाः एक जिल्ला एक नमूना विद्यालय, प्राविधिमैत्री शिक्षा नेपाली सेनाको योगदान झल्काउने गीति छायाचित्र सार्वजनिक ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी शिक्षा विधेयक परिमार्जनका लागि परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु आईफोन १५ सार्वजनिक : कति पर्छ मूल्य, के-के छन् विशेषताहरू ? iPhone 15, Apple Watch, USB-C कनेक्टर घोषणा, हेर्नुहोस् Apple Event 2023 (LIVE) भियतनाम एयरलाइन्स र बोइङबीच करिब आठ अर्ब डलरको सम्झौता डिजिटल प्रविधिसँगै नेपाली चलचित्रमा भएको परिवर्तन केवलकार सञ्चालनपछि मौलाकालिकामा बढे भक्तजन सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा संविधान दिवसको दिनदेखि सञ्चालनमा आउने राष्ट्रपतिसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता विदेशी सवारी साधनको थप छुटपुर्जी जनकपुर भन्सार कार्यालयबाटै दिन माग केन्द्रीय विद्युत् प्रशारण लाइनमा जोडियो मुगु खुल्यो नेपाल–भारत क्युआर भुक्तानीको बाटो ‘मोबाइल एप्स’मार्फत कृषि परामर्श लिँदै चितवनका किसान नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग हिमालय एयरलाइन्सले सुरू गर्यो चीनको छिङदाओमा उडान नवलपुरमा सवारीसाधन स्क्यानर राखिने नेपालमा ओटिटीमा दर्शक छन् : अभिनेता लामिछाने वीर अस्पतालमा कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार सुरू एमसिसी अन्तर्गत प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु
अपडेट

कसरी बनाउने इन्टरनेट सुरक्षित ?

२३ फाल्गुन २०७९, मंगलवार १०:५५
२३ फाल्गुन २०७९, मंगलवार १०:५५

२३ फागुन, काठमाडाैँ। हरेक फेब्रुअरी महिनाको दोस्रो हप्ता विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । विश्वभर नै इन्टरनेट चलाउनेको सङ्ख्या बढ्दै गएपछि त्यसको कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्ने चेतना जगाउने उद्देश्यसहित यो मनाउन थालिएको हो । यस दिन विश्वका धेरै देशले इन्टरनेट प्रयोग गर्दा भएका कठिनाइ, समस्या र असुरक्षाका विषयमा विभिन्न किसिमका कार्यक्रम आयोजना गर्छन् ।

इन्टरनेट सुरक्षासँग सम्बन्धित रहेर मानिसलाई सचेत बनाउने विभिन्न किसिमका सामग्री पनि प्रस्तुत गर्छन् । नेपालमा पनि फेब्रुअरीको दोस्रो हप्ता इन्टरनेट सुरक्षाका विषयमा सरकारी निकाय र विभिन्न किसिमका सङ्घसंस्था मिलेर कार्यक्रम आयोजना भएको थियो । कतिपयले त भिडियो सामग्री बनाएर सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्ने तरिकाबारे जानकारी पनि गराएका थिए । भाइबहिनीहरू, इन्टरनेट सधैँ सुरक्षित हुँदैन । इन्टरनेटको प्रयोग बढ्न थालेपछि यसको प्रयोग गर्नेलाई लक्षित गरेर बारम्बार आक्रमण हुने गर्छन् । त्यस्तो आक्रमण इन्टरनेटबाटै हुने गर्छ । इन्टरनेट सुरक्षित तरिकाले प्रयोग गर्न जानिएन भने यसले धेरै ठूलो समस्या पनि ल्याउन सक्छ । इन्टरनेटको असुरक्षित प्रयोगले कहिलेकाहीँ आर्थिक नोक्सानीसमेत हुन सक्छ । व्यक्तिको इज्जत, प्रतिष्ठा गुम्न सक्छ अनि कहिलेकाहीँ त ललाइफकाई गरेर गलत काममा समेत प्रयोग गर्न सक्छन् ।

इन्टरनेटमा हामीले धेरै जानकारी राख्ने भएकोले पनि यसको सुरक्षित प्रयोग गरिएन भने त्यस्ता जानकारी अरूले सजिलै थाहा पाउन सक्छन् । जस्तो कि हामीले चलाइरहेको मोबाइलको प्याटर्न कसैले थाहा भयो भने त्यस्तो व्यक्तिले हाम्रो मोबाइलमा के के छ भन्ने कुरा थाहा पाउन सक्छ । कसैले हामीलाई हानि पुर्याउने सोच राखेको छ भने मोबाइलमा रहेको जानकारी बाहिर ल्याइदिन सक्छ, त्यहाँ रहेका तस्बिरको गलत ठाउँमा प्रयोग गरिदिन सक्छ । हो, त्यसैले अहिले विश्वभर नै सुरक्षित इन्टरनेटको चर्चा हुने गर्छ ।

पासवर्ड

भाइबहिनीहरूलाई त थाहा नै होला आजकल इन्टरनेटमा उपलब्ध धेरै कन्टेन्टमा एकाउन्ट मागिन्छ । जस्तो कि जिमेल, फेसबुक, टिकटक, भिडियो गेम, ईसेवा, खल्ती अथवा अन्य धेरै । यसरी एकाउन्ट बनाउँदा त्यहाँ पासवर्ड राख्नुपर्ने हुन्छ । अरूले त्यस्तो कन्टेन्ट सजिलै चलाउन नसकुन् भनेरै पासवर्ड राख्न थालिएको हो तर हामीले त्यस्ता एकाउन्टमा राखिने पासवर्ड नै कमजोर भयो भने त अरूले सजिलै पत्ता लगाउन सक्छन् ।

उदाहरणका लागि अरूले सजिलै अनुमान गर्न सक्ने किसिमको पासवर्ड फेसबुकमा राखियो भने हाम्रो फेसबुकमा प्रवेश गरेर अनावश्यक कुरा पोस्ट गरिदिन सक्छ, हामीले म्यासेन्जरमा गरेका कुराकानी बाहिर ल्याइदिन सक्छ, कहिलेकाहीँ म्यासेन्जरमा गोप्य कुराकानी भएको हुन सक्छ त्यस्ता कुरा पनि बाहिर आयो भने त त्यसले हामीलाई समस्यामा पार्न सक्छ । अझ, आजकल हामीले अनलाइनबाटै पैसा लेनदेन गर्न सकिने भएकोले हाम्रो बैङ्किङ एपको जानकारी कसैले पायो भने त हाम्रो एकाउन्टको पैसा ट्रान्सफर पनि गरिदिन सक्छ । त्यसैले अरू कसैले सजिलै अनुमान लगाउन सक्ने, धेरै प्रयोग हुन सक्ने किसिमका होइन कि अलि भिन्न किसिमको पासवर्ड प्रयोग गर्नुपर्छ । त्यसरी प्रयोग गरिएको पासवर्ड सम्भव भए एक महिनामा अथवा नभए दुई महिनामा त अनिवार्य परिवर्तन गर्नु धेरै राम्रो हुन्छ ।

डिभाइस अपडेट

हामीले प्रयोग गर्ने मोबाइल, ट्याब्लेटजस्ता डिभाइस बनाउने कम्पनीले समयसमयमा अपडेट उपलब्ध गराइरहेका हुन्छन् । अपडेट भन्नाले मोबाइल अथवा ट्याब्लेटमा प्रयोग भएको अपरेटिङ सिस्टम(एक किसिमको सफ्टवेयर)मा हुने परिवर्तन हो । आफ्ना मोबाइल प्रयोगकर्तालाई सुरक्षित बनाउन त्यस्ता कम्पनीले विभिन्न समयमा अपडेट उपलब्ध गराउने गर्छन् । यसबाहेक हामीले प्रयोग गर्ने एपमा पनि अपडेट आइरहेको हुन्छ । मोबाइलको अपरेटिङ सिस्टम अथवा एपमा अपडेट आए नआएको हामी आफैँले पनि हेर्न सक्छौँ । धेरैजसो त मोबाइलमै पनि नोटिफिकेसन आएको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्तै अपडेट गर्नुपर्छ । यसरी अपडेट गर्दा हाम्रो मोबाइल र त्यसभित्र हामीले प्रयोग गर्ने एप झन् सुरक्षित हुन्छ । अपडेटले सुरक्षा कमजोरीलाई सच्याएको हुन्छ । अथवा प्रयोग गर्दा हुन सक्ने समस्याको अनुमान लगाएर त्यसलाई सुरक्षित बनाइदिएको हुन्छ ।

सकेसम्म फ्रि वाइफाई प्रयोग नगरेको राम्रो । प्रयोग नै गर्नुपर्ने अवस्थामा व्यक्तिगत विवरण राखिने फेसबुक, टिकटक, मोबाइल बैङ्किङको प्रयोग नगर्ने ।
भाइबहिनीहरू, जसरी हाम्रो शरीरमा कुनै किसिमको भाइरस प्रवेश गर्यो भने त्यसले हाम्रो शरीर कमजोर बनाउँछ, अनेक किसिमको रोग ल्याउँछ, त्यसरी नै हामीले प्रयोग गर्ने मोबाइल, कम्प्युटरमा भाइरस प्रवेश ग-यो भने असुरक्षा बढाउँछ । अरूको मोबाइल, इन्टरनेटमा भाइरस प्रवेश गराएर नोक्सानी पु-याउने समूह पनि सक्रिय भइरहेको हुन्छ । कहिलेकाहीँ इन्टरनेट प्रयोग गर्दा आउने अचम्मका लिङ्कमा हामीले क्लिक ग¥यौँ भने पनि त्यसबाट भाइरस प्रवेश गर्न सक्छ । यसरी हाम्रो मोबाइल, कम्प्युटरमा भाइरस प्रवेश गर्यो भने त्यसले त्यसभित्रका सबै जानकारी आफ्नो कब्जामा लिन सक्छ, महत्वपूर्ण फाइल, जानकारी खुल्नै नसक्ने बनाइदिन सक्छ । यसका लागि एन्टिभाइरसको प्रयोग गर्नुपर्छ ।

एन्टिभाइरसले त्यस किसिमका भाइरस प्रयोगलाई रोक्ने भएकोले यसले हाम्रो मोबाइल प्रयोगलाई सुरक्षित बनाउँछ तर इन्टरनेटमा उपलब्ध एन्टिभाइरसको प्रयोग गर्दा त्यो कत्तिको विश्वसनीय हो, कतिले प्रयोग गरेका छन् सबै बुझेर मात्र प्रयोग गर्नुपर्छ है । एन्टिभाइरसको नाममा नाम नै नसुनेको र धेरैले प्रयोग नगरेको सफ्टवेयर प्रयोग गर्दा त्यो नै जोखिमका कारण बन्न सक्छ ।

फ्रि वाइफाई

आजकल रेस्टुराँमा, फिल्म हलमा, विमानस्थल, पार्कमा फ्री वाइफाईको प्रचलन एकदम बढ्दो छ । पैसा तिर्नु नपर्ने र सजिलै इन्टरनेटमा कनेक्ट हुने भएकोले हामीलाई पनि फ्री वाइफाई प्रयोग गर्न मन लाग्छ तर फ्री वाइफाईका लागि प्रयोग हुने विवरणमा सजिलै पहुँच पुग्न सक्ने भएकोले ह्याकरहरूले त्यसलाई निशाना बनाइरहेका हुन्छन् । यस किसिमको वाइफाई प्रयोग गर्दा पासवर्ड ह्याक हुन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसैले सकेसम्म फ्री वाइफाई प्रयोग नगरेको राम्रो । प्रयोग नै गर्नुपर्ने अवस्थामा व्यक्तिगत विवरण राखिने फेसबुक, टिकटक, मोबाइल बैङ्किङको प्रयोग नगर्ने ।

माथि उल्लेख गरिएका कुरा इन्टरनेट प्रयोगका लागि आधारभूत कुरा हुन् । यी आधारभूत कुरा पनि पालना भएनन् भने हामीले सुरक्षित रूपमा मोबाइल अथवा इन्टरनेटको प्रयोग गरेका छैनौँ भनेर बुझ्नुपर्छ । यसबाहेक इन्टरनेट सुरक्षाका अन्य उपाय पनि हुन्छन् । यो लेख गोरखापत्रमा प्रकाशित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?