Trending:

के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? फेसबुकमा देखिने गरेको फलोअर्सको संख्या कता हराए ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा बाढीपहिरोबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको ३० करोडको क्षति ‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’ शाओमी नेपालले ल्यायाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” नयाँ फोन स्पार्क ३० सी सार्वजनिक डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर मोबाइलबाटै ४३३ गन्तव्यको टिकट काट्न सकिने मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध चांगानद्वारा पोखरामा दिपल ईभी सार्वजनिक जिओमेटले दसैं अफरमा एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै नेपाल टेलिकमले ल्यायो दसैँ अफर अब ड्राइभिङ लाइसेन्स बोक्नै नपर्ने गरि नागरिक एपले ल्यायो नयाँ अपडेट पोखरामा एमएडब्लूले ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने फोनलोनसँगको सहकार्यमा हाम्रोबजारको ‘बाइ नाउ, पे लेटर’ सार्वजनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण हुनेमा सरोकारवालाको जोड आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने चन्द्रयान– ४ को तयारीमा भारत, २१०४ करोड रुपैयाँ बजेट विनियोजन शाओमीको दसैँ अफर, मोबाइल खरिदमा चार हजारसम्म छुट अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक युट्युबमा आम्दानी कसरी गर्ने आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट क्लासिक टेकको ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको छैन- एनसेल डिशहोमको इन्टरनेटमा ‘खुसीको सेलिब्रेसन’ फोनपेले घोषणा गर्‍यो ‘सुपर यात्रा’ अभियान माईपेको दशैं मेला: स्कुटर देखि आइफोनसम्म जित्ने मौका सामसङको ‘भव्य दशैं तिहार अफर सार्वजनिक भायानेटले ल्यायो ‘महा महोत्सव’ अफर संविधान दिवसमा टेलिकमको अफरै अफर: के–के छन्, कसरी लिने ? मोबाइल फोनको सेकेन्ड ह्यान्ड कारोबारलाई व्यवस्थित गर्नुपर्छ : गृहमन्त्री लेखक १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा समस्या स्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता नेपालमा एप्पलका सामग्री आयत गर्ने जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि कानूनी उपचारमा जाने काठमाडौंको मैतिदेवीमा रोजगार मेला, २५० विद्यार्थीको सहभागिता नेपालका लागि टिकटकले माग्यो ‘पब्लिक पोलिसी म्यानेजर’ पदमा कर्मचारी बजारमा एभरेडीको अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल मोबाइल व्यवसायी आन्दोलितः सामसुङ मोबाइलको भिजिबिलिटी देशभर बन्द
अपडेट

गोसाइँकुण्डमा टेलिफोन सेवा पुनःसञ्चालन

१३ भाद्र २०८०, बुधबार ०५:५२
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

१२ भदौ, रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु जि प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो ।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पुर्याउन टेलिकमलाई असहज भइराखेको अवस्थामा गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले उनको निजी खर्चबाट एक टनभन्दा बढी परिमाणको ती उपकरण ढुवानी गरी जनहितमा सहयोग गरेका हुन् । अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ ।

गोसाइँकुण्डमा उपलब्ध मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने बताइएको छ । सांसद आचार्यमार्फत गोसाइँकुण्डमा सामान ढुवानी हुँदासाथ आठ प्राविधिकले जडान गरेको र मेला अवधिका लागि भने जेनेरेटरबाट ब्याट्री चार्ज हुने जनाइएको छ । यही भदौ १० गते अपराह्नदेखि जडान सम्पन्न उपकरणले निर्बाध सेवा दिन थालेको प्राविधिकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?