© 2021-2024
निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या आएको छ । सोमबार दिउँसो ३ः४८ बजेबाट कम्पनीले प्रवाह गर्दै आएको सेवाहरु प्रभावित भएको हो ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै देशभर सेवामा प्रभावित भएको जानकारी गराएको हो । साथै सेवा प्रभावित भएपछि आम नागरिकमा परेको असरप्रति क्षमा माग्दै त्यसलाई सुचारु गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।
‘आज सोमबार, साउन २८ गते दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौं ।
यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं र अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जानकारी गराउन चाहन्छौँ,’ कम्पनीले भनेको छ ।