Trending:

इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष
अपडेट

खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन

खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

गत साल मङ्सिर १३ गते एनसेलको ८० प्रतिशत सेयर होल्ड गरेको मलेसियाको कम्पनी अजियटाले नेपालमा लगानीको वातावरण नभएको भन्दै सबै सेयर बिक्री गर्ने घोषणा गर्छ ।

त्यसको केही दिनमै स्पेक्ट्रलाइट युके नामको ‘कागजी’ कम्पनीले सबै सेयर जम्मा ६ अर्ब ६५ करोड (५० मिलियन डलर) मा किनेको विज्ञप्तिले एनसेलका प्रयोगकर्ता र दूरसञ्चार सेवासँग सरोकार राख्ने सबै चकित पर्छन् ।

चकित पर्नुको एउटा कारण हो – ठीक ६ वर्षअघि एनसेलको त्यही ८० प्रतिशत सेयर एक खर्ब ४३ अर्बमा खरिद–बिक्री भएको थियो ।

अजियटासँग २ डिसेम्बर २०२३ मा एनसेलको ८० प्रतिशत सेयर किन्नुभन्दा जम्मा ३ महिना अगाडि सेप्टेम्बर २७ मा स्पेक्ट्रलाइट युके दर्ता भएको दस्तावेजले देखाउँछ ।

प्रतिवेदनमा एनसेल खरिद गरेको कम्पनी स्पेक्ट्रलाइट युकेको क्षमताबारे पनि प्रश्न उठाइएको छ । टेककागजलाई प्राप्त स्पेक्ट्रलाइट युकेका केही दस्तावेजले उक्त कम्पनी कर छल्नका लागि मात्र दर्ता गरिएको एक अफसोर कम्पनी रहेको, भौतिक ठेगाना नभएको ‘कागजी’ कम्पनी मात्र रहेको पुष्टि गरेका छन् ।

ट्याक्स हेभन देशहरूमा दर्ता गरिने अफसोर कम्पनीको भौतिक ठेगाना हुँदैन । उनीहरू कागजमा मात्र सीमित हुन्छन् ।

उक्त दस्तावेजअनुसार कम्पनी सतिशलाल आचार्यको नाममा दर्ता भएको छ भने आचार्यको जन्ममिति १९७० जनवरी १ भएको उल्लेख छ । उक्त दस्तावेजमा आचार्यको ठेगाना ८४ जेन्टिङ लेन, ०७-०७ एक्सेल इनोभेसन सेन्टर, सिंगापुर ३४९५८४ रहेको छ ।

आचार्य नेपाली मूलका सिंगापुरका नागरिक हुन् । उनकै श्रीमती भावना सिंह श्रेष्ठको नाममा रहेको नेपाली सुनिभेरा क्यापिटल भेन्चर्सले भने एनसेलको २० प्रतिशत सेयर होल्ड गर्छ ।

श्रीमतीले नेपाली कम्पनीका रूपमा २० प्रतिशत र श्रीमानले अफसोर कम्पनी खडा गरेर एनसेलको ८० प्रतिशत गरी एकै परिवारमा एनसेलको सम्पूर्ण नियन्त्रण कैद हुन पुगेको छ ।

हेर्नुहोस् टेककागजलाई प्राप्त कम्पनीको दस्तावेज:

त्यस्तै १५१६६६७३ दर्ता नम्बर भएको उक्त कम्पनीका नाममा ९९ हजार ९९९ कित्ता सेयर जारी गरिएको अर्को दस्तावेजमा उल्लेख छ ।

दस्तावेजअनुसार प्रत्येक कित्ता सेयरको मूल्य भने जम्मा एक डलर तोकिएको छ । यसरी कम्पनीको भ्यालू जम्मा ९९ हजार ९९९ डलर अर्थात् नेपाली मूल्यमा एक करोड ३४ लाख, ५८ हजार ६६५ मात्र हुन आउँछ ।

 

 

स्पेक्ट्रलाइट युकेको क्षमतामा प्रश्न

एनसेलबारे छानबिन गर्न गठित उक्त समितिले बुझाएको प्रतिवेदनमा खरीदकर्ताको व्यवस्थापकीय क्षमतामा समेत प्रश्न उठाइएको छ । समितिले बुझएको प्रतिवेदनले खरीदकर्ताले व्यवस्थापकीय क्षमता पुष्टि हुने कागजात पेस नगरेको देखिँदा यो शेयर खरीदविक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त नहुने देखिएको उल्लेख छ ।

समितिले खरीदकर्ताको क्षमतामा पनि प्रश्न उठाउँदै खरीदकर्ताको कम्पनीको प्राविधिक क्षमता, लगानीको श्रोत र कम्पनीका सञ्चालकको व्यावसायिक पृष्ठभूमि, दूरसञ्चार सेवा प्रदायक कम्पनी र तिनका सञ्चालकहरू बीचमा हुनसक्ने क्रस होल्डिङ्गको अवस्था, नेपालको दूरसञ्चार सेवा प्रवाहको क्षेत्रमा विदेशी लगानीको नियमन जस्ता विषयहरू नमिलेको भन्दै प्रतिवेदनले खरिद-बिक्री अवैध भएको ठहर गरिसकेको छ ।

टेककागजलाई प्राप्त उल्लेखित दस्तावेजहरूले समितिले उठाएको प्रश्नको पुष्टि गर्छ ।

डेढ खर्बबाट एकाएक ६ अर्बमा किन झर्यो मूल्य ?

नेपालमा स्थापनाकालदेखि नै उच्च मुनाफा कमाएको एनसेल के कारणले ६ वर्षभित्र करिब डेढ खर्बबाट ६ अर्बको मूल्यांकनमा झर्यो त ?

यसको जवाफ सरल र सजिलो छ, न्यून बिजकीकरण देखाएर कर छल्ने प्रयास । एनसेलले प्रयोगकर्तामाथि गरेको लूट र नेपाललाई ठगेको करबारे शेयर खरिद–बिक्रीको विषयमा ०८० मंसिर २१ गते पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको नेतृत्वमा गठित समितिको प्रतिवेदनले प्रष्ट पारेको छ ।

एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी छानबिन गर्न गठित समितिले एनसेलको कारोवार शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न माग पनि गरिएको छ ।

अहिलेसम्म लुकाएर राखिएको उक्त समितिको प्रतिवेदनमा एनसेलले सेयर खरिद बिक्रीमा न्यून बिजकीकरण गरेको देखाउनुको मुख्य कारण क्रिप्टो र हुण्डी गरेको हुनसक्ने आशंकासहित सरकारलाई यसबारे अनुसन्धान गर्न सिफारिस गरेको छ ।

एनसेलबारे छानबिन गर्न गठित उक्त समितिमा पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको नेतृत्वमा सचिव फणिन्द्र गौतम, दुईजना सहसचिव रितेशकुमार शाक्य र बाबुराम भण्डारी र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले थिए ।

समितिले छानबिन तथा अनुसन्धानपश्चात् ०८० माघ १५ गते सरकारलाई उक्त प्रतिवेदन बुझाएको थियो । तर, सरकारले अहिलेसम्म उक्त प्रतिवेदन औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन ।

उक्त प्रतिवेदनमा एनसेलले गरेको बदमासीको फेहरिस्त प्रस्तुत गरिएको छ । यसबारे टेककागजले नियमित रूपमा समाचार र फलोअप लेखिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?