© 2021-2024
एजेन्सी । कञ्जुस व्यक्तिको आरोप लगाए लगत्तै विश्वकै धनी व्यक्ति एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओसमेत रहेका मस्कले यो वर्ष सन् २०२१ मा ११ अर्ब डलर तिर्ने लागेको बताए । यो रकम विश्वमा कुनै पनि व्यक्तिले तिरेको अहिलेसम्मकै धेरै आयकर हो ।
ट्वीटरमार्फत् घोषणा गर्दै मस्कले लेखेका छन्, ‘अचम्म पर्नेहरूका लागि, मैले यो वर्ष ११ अर्ब डलर कर तिर्दैछु ।’
२ अर्ब ४३ करोड सम्पत्ति भएका मस्कले सन् २०१८ मा अमेरिकामा कत्ति पनि संघीय नतिरेको आरोप लागेको थियो ।