१४ चैत्र २०७९, मंगलवार

विधुत प्राधिकरणमा प्राविधिक समस्या !



बत्ति जाने समस्या लोडसेडिङ्ग नभई प्राविधिक समस्या भएको प्राधिकरण प्रमुख कुलमान घिसिङ्गको भनाइ।

जाडोयाममा हिटर तथा अन्य विधुतिय उपकरणको प्रयोग बढ्न थालेसंगै विधुत खपत बढि, विधुताको माग बढ्न गएको छ।

आफ्ना विधुतिय उपकरणहरु चलाउन नपाएकै कारण उपभोक्ताहरु आक्रोशित बनेसंगै नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले, बत्ति जाने समस्या लोडसेडिङ्ग नभई प्राविधिक समस्या भएको बताउनु भएको छ।

“माग बढ्नु राम्रो कुरा हो । एकैछिन बत्ति गयो भन्दैमा लोडसेडिङ गरायो भनेर आत्तिने भन्ने कुरा होइन । माग धान्न नसकेर भन्दा पनि प्राविधिक समस्याका कारण बत्ति बारम्बार गइरहेको हो, यसको सामाधानका लागि हामी काम गर्दैछौं” उहाँले भन्नुभयो।

उहाँका अनुसार, Transformer को क्षमता भन्दा बढीको लोड आउँदा उक्त समस्या भएकाले Transformer हरु परिवर्तन गर्ने र नयाँ थप्ने प्रक्रिया चलिरहेको छ।

दैनिक १८ घण्टा लोडसेडिङ्ग खेपेका उपभोक्ताहरुले केहि समय बत्ति जाँदैमा कुलमान प्रति आक्रोशित भई सामाजिक संजालमा आक्रोश पोख्ने गरेको पाइन्छ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द