© 2021-2024
आई.सि.टि अवार्ड २०२२ का लागि आवेदन माग्दै सञ्चार मन्त्रालय, योग्य व्यक्ति वा संस्थाले पुरस्कार पाउने।
केहि वर्षदेखि नेपालमा सुचनाका विभिन्न क्षेत्रमा योगदान पुर्याउंदै आएका व्यक्ति तथा संघ संस्थालाई रास्ट्रिय सञ्चार तथा सुचना पुरस्कारका नाममा पुरस्कृत गर्दै आएको सञ्चार मन्त्रालय ले वर्ष २०२२ का लागि पनि आवेदन खुलाएको जानकारी गराएको छ।
प्रत्येक वर्ष मे २ तारिखका दिन मनाउँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर फरक फरक विधामा पुरस्कार दिँदै आएको मन्त्रालयले यसपाली पनि आईसिटी एक्सलेन्स अवार्ड २०२२,नेशनल आईसिटी एक्सलेन्स अवार्ड २०२२ (वुमेन), नेशनल आईसिटी इन्नोभेसन अवार्ड २०२२, नेशनल आईसिटी अवार्ड २०२२ सार्वजनिक क्षेत्र, र नेशनल आईसिटी अवार्ड २०२२ निजी क्षेत्रलाई दिन लागेको हो।
औपचारिक रूपमा रुपमा सन् २०१६ देखि राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरु मध्यबाट सर्वोत्कृष्टलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार दिंदै आएको हो। यसै अनुरुप २०२२ मा पनि विभिन्न विधाहरुमा योग्य व्यक्ति तथा संघ संस्थालाई उक्त पुरस्कार दिई हौसला प्रदान गर्नका निमित्त आवेदन खुल्ला गरेको हो।
यसपटक देखि महिला वा पुरुष दुवै मध्य बाट सर्वोत्कृष्टलाई दिँदै आईएको नेशनल आईसिटी एक्सलेन्स अवार्ड महिलाका लागि महिलाहरुमध्य बाटै छुट्टै र पुरुषका लागि छुट्टै दिन लागिएको समेत बताईएको छ।
मन्त्रालयले अवार्डका लागि इच्छुक संघ, संस्था, कम्पनि तथा व्यक्तिहरुले बैशाख ८ गते बेलुका सम्म आवेदन दिन सक्ने जनाएको छ। आवेदन दिँदा इच्छुक वर्गले गरेको काम, त्यसको सामाजीक प्रभाव, त्यसबाट भएको उपलब्धि र संस्थागत तथा सामाजीक उत्तरदायित्व लगायतका विषयमा प्रस्ट खुलाउनुपर्ने समेत मन्त्रालय ले बताएको छ।
मन्त्रालयले जारि गरेको सुचना अनुसार आवेदन भर्न सकिने भने पनि अहिलेसम्म आई.सि.टि अवार्ड २०२२ का लागि आवेदन भने कुनै वेबसाइट वा संजालमा उपलब्ध गराएको छैन।