९ चैत्र २०७९, बिहीबार

अब एप्पल वाचमै नाप्न सकिन्छ ज्वरो



२१ असार, एजेन्सी । रिलिज हुने तयारीमा रहेको एप्पल वाचको ८ सिरिजमा ज्वरो समेत नाप्न सक्ने फिचर राख्ने बताइएको छ। यसै वर्षको अन्तिमतिर रिलिज हुने उक्त वाचमा राख्न लागिएको फिचर ग्राहकहरूका लागि नाैलो हुनेछ।

ब्लुमबर्गका स्तम्भकार गर्मनले एप्पल वाचले अब शरीरको ताप समेत नाप्न सक्ने फिचर ल्याउने उल्लेख गरेका हुन्। तर, एप्पल वाचकै SE2 सिरिजमा भने यो फिचर उपलब्ध नहुने बताइएको छ।

एप्पल वाचको ८ सिरिजमा तापक्रम नाप्ने फिचर राखिने भएता पनि यसका लागि एफडिएसँग अनुमति लिनुपर्ने बताइएको छ। उक्त वाचमा आउन लागेको तापक्रम नाप्ने फिचर पछिल्लो संस्करणको ब्लड अक्सिजन सेन्सरसँग मिल्दो जुल्दो रहने पनि उल्लेख छ। जस अनुसार प्रयोगकर्ताले शरीरको बारेमा सामान्य जानकारी त पाउँछन् तर मेडिकल इन्फर्मेसन भने नहुन सक्छ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः