२१ मंसिर २०७९, बुधबार

Logo

दोब्बरले बढ्यो सामसुङको आम्दानी



१२ साउन, एजेन्सी । दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ ।

समसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ ।

यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व सङ्कलनलाई सङ्केत गरेको छ ।

यस वर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो ।

कम्पनीको यो बर्षको सञ्चालन मुनाफा १२.२ प्रतिशतले बढेर दोस्रो त्रैमासिकमा १४.०९ खर्ब वन (१०.८ अर्ब डलर) पुगेको जनाइएको छ । यो दोस्रो त्रैमासिकको लागि तेस्रो सबैभन्दा उच्च नाफा हो ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार