१२ मंसिर २०७९, सोमबार

Logo

चीन र भारतमा एकैसाथ आइफोन १४ बनाउन सुरू गर्ने एप्पलको तयारी



२२ साउन, एजेन्सी। एप्पलले आइफोन १४ चीन र भारतमा एकै पटक उत्पादन गर्न सुरू गर्ने बताइएको छ। एप्पलका विश्लेषक मिंङ चि कुवोले एक सर्भेमार्फत भारत र चीनमा एकसाथ आइफोन १४ उत्पादन सुरू गर्ने बताएका हुन्।

प्राय एप्पलले चीनमा पहिले र त्यसपछि अन्य देशमा आइफोन उत्पादन गर्ने गरेको छ। तर, कुवोको अनुमान सहि भएको अवस्थामा चीनसँगै एकसाथ आइफोन उत्पादन गर्ने भारत पहिलो मुलुक बन्नेछ।

एप्पलले चीन भन्दा बाहिर पनि आइफोन १४ को उत्पादन सुरू गरेर जतिसक्दो धेरै आइफोन बजारमा ल्याउन चाहेको कुवोले उल्लेख गरेका छन्। चीनले कोरोना महामारीका कारण आइफोनको उत्पादन घटाएपछि एप्पलले विश्वव्यापी सप्लाइको समस्या भोगेको छ।

विश्वै अर्थतन्त्र त्यति राम्रो नभएको अवस्थामा पनि विश्वव्यापी रूपमा एप्पलका उत्पादनहरूको माग बढिरहेको छ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन