Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
इन्टरनेट

इन्टरनेटमा सुरक्षित हुने तरिकाहरु

इन्टरनेटमा सुरक्षित हुने तरिकाहरु
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

अहिलेको डिजिटल संसारमा सबै जना नै इन्टरनेटमा भेटिन्छन्। गीत बजाउने देखि लिएर समाचार सुन्ने सम्म सबै अहिले इन्टरनेटमा हुने हुँदा हामी हाम्रो दिनको अधिकतम समय त्यही नै बिताउँछौ। इन्टरनेटमा राम्रो उपयोगी विषयहरू मात्र नभएर हामीलाई खतरा हुने कुराहरू पनि भेटिन्छन्। यसले गर्दा हामी इन्टरनेट चलाउँदा सावधानीपूर्वक काम गर्नु आवश्यक हुन्छ ।

यस कारण आजको समयमा हरेक विद्यार्थीहरू, अभिभावकहरू र केटाकेटीहरू अनलाइन लुकेका खतराहरूबारे सचेत हुनुपर्छ। इन्टरनेटले सबैका लागि ज्ञानको आधार प्रदान गर्दछ, तर यसले कति धेरै खतराहरू पनि प्रस्तुत गर्दछ। त्यहाँ धेरै साइबर अपराधीहरू र ह्याकरहरू छन् जुन जसले प्रायः समाजका अनविज्ञ कमजोर सदस्यहरूलाई लक्षित गर्दछन्।

त्यस कारण अनलाइन सुरक्षित भएको सुनिश्चित गर्न सही सावधानीहरू अपनाउनु पर्छ।

बलियो पासवर्ड राख्ने

कुनै पनि पासवर्ड राख्दा हामी एकदम सतर्कताका साथ राख्नु पर्छ। प्राय जसो हामीले सबै ठाउँको लागि छुट्टै छुट्टै पासवर्ड बनाउँदैनौ। यसले गर्दा ह्याकरहरूबाट हामी असुरक्षित हुन्छौ। सबै ठाउँको लागि अलग अलग पासवर्ड बनाउनु आवश्यक छ।

त्यसका साथै कुनै पनि पासवर्ड राख्दा सबै ठुलो सानो अक्षर, अङ्क अनि चिन्हहरू मिलाएर राख्नु पर्ने हुन्छ। यसले ह्याकरलाई हाम्रो पासवर्ड छिटै पत्ता लगाउनबाट बचाउँछ। आफ्नो नाम, जन्म मिति, छोरा छोरीको नाम, आफ्नो ठेगाना, जस्ता कुराहरूलाई पासवर्डमा फिटिक्कै समावेश गर्नु हुँदैन।

सुरक्षित इन्टरनेट सर्फिङ र किनमेल गर्ने

कुनै पनि वेबसाइटमा काम गर्दा वा केवल हेर्दै गर्दा पनि आफ्नो महत्त्वपूर्ण जानकारी एकदम सावधानीको साथ राख्नु आवश्यक छ। साथै, वेबसाइटहरू हेर्दा यो पनि ख्याल गर्नु आवश्यक छ कि त्यो नै वास्तविक वेबसाइट हो। यदि त्यो वेबसाइट ठेगानामा गलत शब्द, अक्षर वा खराब व्याकरण छ भने पनि विशेष ध्यान दिनु आवश्यक छ। तिनीहरू असली वेबसाइटहरूको नक्कल हुन सक्छन्।

अनलाइन किनमेल गर्दा तपाइले आफ्नो क्रेडिट कार्ड वा वित्तीय जानकारी राख्दा वा अनलाइन बैंकिंग वा अन्य संवेदनशील लेनदेनको लागि वेबसाइटहरू भ्रमण गर्दा साइटको ठेगाना मजाले जाँच गर्नु पर्दछ। ठेगाना जहिले पनि “http” को सट्टा “https” बाट सुरु भएको छ कि नाइँ हेर्नु पर्दछ।

कुनै पनि वेबसाइट हेर्दा त्यहाँ त्यो वेबसाइट सुरक्षित छ कि नाइँ भनी हेर्न त्यो वेबसाइटको अगाडि देखाइने चिन्ह ख्याल गर्नु पर्छ । यदि त्यहाँ अगाडि कुनै लकको चिन्ह छ भने त्यो सुरक्षित वेबसाइट मानिन्छ, भने यदि त्यसको अगाडि खतरा देखाइएको छ भने त्यहाँ तपाइले आफ्नो संवेदनशील जानकारी राख्नु हुँदैन।

महत्त्वपूर्ण डेटा ब्याक अप गर्ने

तपाईँको महत्त्वपूर्ण डेटा ब्याक अप गर्नु अति आवश्यक छ। सम्झनाका तसबिरहरू देखि लिएर आवश्यक कागजातहरू जुन लेख्न यति लामो समय लाग्यो, ती सबैलाई दुर्घटनावश गुमाउनुबाट बच्न सही रूपमा ब्याक अप गर्नु आवश्यक छ। तपाइले तिनीहरूलाई गुगल ड्राइभमा ब्याक अप गर्न सक्नु हुन्छ वा कुनै हार्ड ड्राइभ किनेर राख्न सक्नु हुन्छ। इन्टरनेट सुरक्षाले ह्याकरहरूलाई रोक्नको लागि मात्र नभएर तपाईँलाई महत्त्वपूर्ण काम गुमाउने जस्ता घटनाहरूबाट बच्न मद्दत गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?