१२ मंसिर २०७९, सोमबार

Logo

सस्तोमै पाइन्छ विद्युतीय चुलो, अनलाइनबाट पनि खरिद गर्न सकिने



२८ साउन, काठमाडाैँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय (इन्डक्सन) चुलो बिक्री गरिरहेको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजार रुपियाँदेखि चार हजार पाँच सय रुपियाँ मूल्यसम्मका इन्डक्सन चुलो बिक्री भएको हो । कम्पनीका बिक्री तथा बजार प्रवर्द्धन विभाग प्रमुख भीम थापाले बजेटमार्फत ग्यास खपत कम गर्न विद्युुतीय चुुलो प्रयोगलाई बढाउने नीतिअनुुरूप विद्युतीय चुुलो बिक्री गरिरहेको जानकारी दिए । कम्पनीले बिक्री गरिरहेको विद्युतीय चुलो बजार मूल्यभन्दा तीन सय रुपियाँसम्म सस्तो रहेको उनले बताए ।

कम्पनीले इन्डक्सन चुलो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य तीन हजार रुपियाँ तोकेको छ । यस्तै मिडिया ब्रान्डको इन्डक्सन चुलोको मूल्य चार हजार र इन्डक्सन चुलो अल्ट्राटेक यूटीआई २२ को मूल्य चार हजार पाँच सय रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।

मिडिया ब्रान्डको इन्डक्सनमा दुई वर्षको वारेन्टी रहेको र यो बजार मूल्यभन्दा सस्तो रहेको पनि कम्पनीको जनाएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रमाणित गरेको उच्च गुणस्तरको चुलो बजार मूूल्यभन्दा सस्तोमा बिक्री गरिरहेको कम्पनीको दाबी छ । सस्तो दरमा उपलब्ध गराएपछि अहिले विद्युतीय चुलोको दैनिक बिक्री पनि बढिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले दैनिक २५ वटासम्म चुलो बिक्री भइरहेको छ ।

बजारमा खाना पकाउने ग्यासको मूल्य बढेपछि उपभोक्तालाई राहत दिने उद्देश्यले विद्युतीय चुलो पुनः सस्तोमा बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीले यसअघि चीन सरकारको अनुदानमा प्राप्त चुलो कोरोना महामारीको समयमा बिक्री गरेको थियो ।

चालू आवको बजेटमा खाना पकाउने इन्धनका रूपमा प्रयोग हुने दाउरा गुइँठा र एलपी ग्यासलाई प्रतिस्थापन गर्न बायोग्यास, विद्युतीय चुलो, सुधारिएको चुुलो तथा अन्य उपयुक्त आधुनिक एवं किफायती प्रविधिको व्यापक रूपमा प्रवद्र्धन गरी एक लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच पुर्याइने उल्लेख छ । ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमशः कटौती गरी विद्युत् उपयोगमा अनुदान प्रदान गर्ने बजेटमा उल्लेख छ । ग्यासभन्दा सस्तो पर्ने हुँदा पछिल्लो समय विद्युतीय चुलोको प्रयोग पनि बढ्दै गएको छ ।

कम्पनीले चुलोबाहेक अनलाइनबाट खाद्य सामग्री पनि बिक्री वितरण गरिरहेको छ । कर्णालीको सिमी, मार्सी चामल, प्रिमियम ननपोलिस बासमती चामल, घिउ, तेल, मार्सी चामल, एसटीसी ग्यासलगायतका अन्य खाद्य सामग्री आफ्नो बिक्री केन्द्रबाट अनलाइनमार्फत उपलब्ध गराइरहेको जनाएको छ । उपत्यकाको ट्राफिक मध्यनजर राख्दै उपभोक्ताको आवश्यकताअनुसार काठमाडौँको रामशाह पथ, थापाथली, भक्तपुर र ललितपुरको नख्खुबाट उपभोग्य वस्तुु निःशुल्क अनलाइनबाटै घरसम्मै पुर्याइरहेको कम्पनीले जानकारी दिएको छ । हाल अनलाइनबाट एक जनाले दुई हजार रुपियाँदेखि १५ हजार रुपियाँको सामान अनलाइनमा खरिद गर्न सकिन्छ ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन