स्टार्टअपको लहर विस्तारै अरु देशबाट नेपालमा भित्रिरहेको छ। धेरै युवा वर्गहरु अहिले स्टार्टअपको लागि उतासुक हुनुको साथै स्टार्टअप कार्यक्रममा भाग लिने र आफ्नै स्टार्टअप सुरु गर्ने सम्म लागिरहेको हुन्छन्। यदि तपाइँ पनि कुनै विचार लिएर बस्नु भएको छ र स्टार्टअप गर्ने सोचमा हुनुहुन्छ भने तपाइले अवस्य पनि एमभिपि (MVP) को बारेमा सुन्नु भएकै होला।
आखिर के हो त एमभिपि (MVP)?
प्रारम्भिक चरणमा रहेका स्टार्टअपहरूमा सामान्यतया धेरै विचारहरू हुन्छन्। यस्तो गर्ने, यसरी प्रयोगकर्ताहरुले रुचाउलान्, यस्तो गर्दा अझै राम्रो होला कि जस्ता अनेक अन्दाजका खेलहरु स्टार्टअपको प्रारम्भिक क्षणमा हुनु स्वाभाविक नै हो। तर यहि बहस र तर्कमा बसिरहनु कुनै पनि स्टार्टअपको लागि ठिक हुदैन।
कुनै विचारमा केहि मात्रामा वार्ता भए पश्चात त्यसलाई अब विचारबाट रुपमा परिणत गर्नु आवश्यक हुन्छ। यहि बेलामा एमभिपि (MVP) ले ठुलो भूमिका खेल्न जान्छ।भरखरै सुरु हुदै गइरहेको स्टार्टअपको केवल एक उद्देश्य हुन्छ: स्टार्टअपको विचारलाई रुपमा ल्याउदा ल्याएको समाधान बजारको लागि उपयुक्त समाधान हो कि होइन भनेर बुझ्न।
कुनै पनि स्टार्टअप सफल हुन त्यो बजारमा सहि रुपमा मिल्न जानु पर्छ। यसलाई उत्पादन-बजार-फिट भनिन्छ। बनाइरहेको स्टार्टअपले के भएको समस्याको समाधान गर्छ, अनि कतिसम्म समाधान गर्दछ भनि बुझ्ने प्रकिया नै एमभिपि हो। आवश्यक उपकरण बनाउन न्यूनतम उत्पादनको निर्माण गर्नु भनेकै एमभिपि (MVP) हो।
किन आवश्यक छ एमभिपि (MVP) कुनै स्टार्टअपको लागि?
फ्रैंक रोबिन्सनले सन् २००१मा एमवीपीको अवधारणा प्रस्तुत गरे। स्टार्टअपका लागि एमभीपी सिर्जना गर्नु भनेको तपाईंको उत्पादन वा सेवाको न्यूनतम संस्करण बनाउनु हो। यसमा सबै आवश्यक सुविधाहरू समावेश हुन्छन्।
एउटा एमभिपि बनाउँदा सक्दो कम खर्च र आधारभूत प्रयोग गरेर गर्नु पर्दछ। एमभिपि (MVP) बाट यस्तो एउटा उपकरण निर्माण गरिन्छ जसले हाम्रो स्टार्टअपको विचार, धारणा, दिन खोजेका सुविधा र विशेषतालाई समावेस गर्दछ।
ग्राहकहरूसँग तुरुन्तै विचार परीक्षण गर्न एमभिपि (MVP) पर्याप्त छ। यसबाट हाम्रो स्टार्टअपमा आउन सक्ने समस्या, युजरको यसमा रुची र संलग्नता, यसको बजारमा माग, लगानी कर्ताहरुको खोज, अनि युजरको प्रतिक्रियाहरु बुझेर समयमै यसलाई मिलाउन वा फेरबदल गर्न सकिन्छ। यसलाई बजारमा राखेर र उपयोगी प्रतिक्रिया प्राप्त गरेर छिटै सुधार अपनाउन सकिन्छ।