Trending:

टिकटक चल्न सुरु भएसँगै एनसेलले ल्यायो नयाँ टिकटक प्याक नेपाल टेलिकमले हटायो टिकटकको प्रतिबन्ध अनरले सार्वजनिक गर्यो विश्वको सबैभन्दा पातलो फोल्ड गर्न मिल्ने फोन एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी आजदेखि टिकटक पूर्ण रुपमा चल्ने स्मार्टचोइस टेक्नोलोजिजले ल्यायो ‘तिर्की दाउः ट्रायल अफर’, ७ सय ७७ रुपैयाँसम्म क्यासब्याक ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री रियलमीको डिलर्स मिट सम्पन्न थप पाँच वर्षलाई नवीकरण भयो एनसेलको लाइसेन्स ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक फोनपेले सुरु गर्‍यो बोहनी नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय खल्तीद्वारा ‘नयाँ सुरक्षा प्याकेज सार्वजनिक नेपाल टेलिकम सम्बन्धी गुनासो छ ? यी नम्बरमा गर्नुहोस् नि:शुल्क फोन ओप्पोले नयाँ एआई फोन रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ? बाइडेन प्रशासनले कन्टेन्ट हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप यसरी भएको थियो एटीएम आविष्कार ५ दिनमा १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स खारेज नयाँ भर्जनमा आयो बीवाईडी एट्टो ३, यस्ता छन् प्रविधि, डिजाइन र मूल्य पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान आईफोन १६ सार्वजनिक हुँदै नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा एडिबीले नेपाललाई थप सहयोग गर्ने प्रतिबन्ध हटाए पनि अझै खुल्दैन टिकटक, यस्ता छन् सर्तहरू ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’ ई–सेवाका एजेन्टले कुमारी बैंकबाट बिनाधितो २ लाखसम्म कर्जा पाउने सामसङले ग्यालेक्सी ए र ग्यालेक्सी ट्याब एस९ एफइ सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण युट्युबमा भिडियो थम्बनेल आकर्षक बनाउने तरिका राष्ट्रिय युवा संघ नेपालले नेपालमा ‘एआई’ सम्मेलन गर्दै बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी के तपाई वेबसाइट बनाउने सोचमा हुन्छ ? यी कुरामा अवश्य ध्यान दिनुहोस् क्यामरा किन्दा ध्यान दिनुपर्ने कुराहरु डिजिटल माध्यम मोबाइल बैंकिङ प्रयोग गर्दा ध्यन दिन पर्ने आधारभूत कुराहरु सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा नेपाल टेलिकमको सेवा आज राति चार घण्टा प्रभावित हुने नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य अनर एक्स६बी नेपालभर उपलब्ध, मूल्य १६ हजार, कस्ता छन् फिचर ? एलन मस्क र डोनाल्ड ट्रम्पबीचको अन्तर्वार्तामाथि साइबर आक्रमण देशभर निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या जिमेल अकाउंटको पासवर्ड परिवर्तन र रिसेट कसरी गर्ने सिमकार्ड कसको नाममा छ कसरी थाहा पाउने ? फेरी गुगल प्ले स्टोरमा फर्कियो ‘ई-सेवा’ एप
अपडेट

साइबर सुरक्षामा फितलो पूर्वाधार

२० बैशाख २०८०, बुधबार १०:२४

२० वैशाख, काठमाडाैँ । केही दिन अघि लोक सेवा आयोगले २०७१ सालदेखि चलाउँदै आएको पब्लिक सर्भिस रिक्युटमेन्ट म्यानेजमेन्ट सिस्टोम (पिएसआरएमएस) नामको सरकारी एकीकृत डाटा प्रणाली (जिआइडीसी) मा समस्या देखियो । आयोगले आइतबार जारी गरको प्रेस विज्ञप्तिअनुसार जिआइडीसीमा समस्या देखिएपछि गत मङ्सिरमा खुलाइएको शाखा अधिकृत र पुस तथा माघ महिनामा खुलाइएको नायब सुब्बा तहको विज्ञापनका लागि भरिएका आवेदनको विवरण हराएको छ । यस्तो विवरण हराएपछि आयोगले पहिल्यै परीक्षा आवेदन भरिसकेका परिक्षार्थीलाई पुनः आवेदन भर्न भनेको छ ।

त्यस्तै नेपाली सेनाको साइबर स्पेसमा अनधिकृत पहुँच पु¥याउने स्याङ्जा वालिङ नगरपालिका–१० घर भएका सागर ढकाललाई नेपाल प्रहरीले गत चैत २३ गते पक्राउ गरेर साइबर ब्युरोमार्फत अनुसन्धान चलाइरहेको छ । त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोकै नाममा नक्कली फेसबुक पेज बनाएको कसुरमा प्रहरीले गत मङ्सिरमा चितवन रत्ननगर नगरपालिका–५ झुवानी टोलका १८ वर्षीय करण महतोलाई पक्राउ गरेर कारबाहीको कानुनी प्रक्रिया चलाइरहेको छ ।

त्यसैगरी २०७९ माघ १४ गते दिउँसो १२ बजेदेखि अधिकांश सरकारी निकायका वेभसाइट करिब चार घण्टा अवरुद्ध भए । यसबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति नै गठन ग¥यो । यो प्रकरणमा विभिन्न देशबाट ‘कम्प्रोमाइज्ड कम्प्युटर’ हरुको सञ्जाल ‘बटनेट’ प्रयोग गरी आक्रमण भएको प्रतिवेदन अध्ययन समितिले दिएको छ ।

सूचना प्रविधि क्षेत्रको तीव्र विकाससँगै सार्वजनिक सेवा प्रवाहको शैली पनि बदलिँदै गएको छ । सार्वजनिक निकायका कामलाई पारदर्शी र प्रभावकारी बनाउनका लागिसमेत सूचना प्रविधिको प्रयोग अपरिहार्य जस्तै बनिसकेको छ । प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवालाई सहज र सरल बनाउने सरकारको नीति छ । सूचना प्रविधिको प्रयोग विस्तारसँगै यो प्रणाली माथि अनधिकृत पहुँच पुर्याएर आपराधिक क्रियाकलाय गर्नेक्रम पनि बढिरहेको छ । देशभित्र तथा देशबाहिरबाट सूचना प्रविधि क्षेत्रमाथि साइबर आक्रमण हुने गरेका छन् ।

नेपालका सरकारी निकायका वेभसाइट तथा एप्लिकेशनहरु पनि यस्तो अपराधको निसानमा पर्ने गरेका छन् । अति संवेदनशील र राष्ट्रिय सुरक्षासँग जोडिएका विषय साइबर आक्रमणमा पर्ने गरेको माथिको उदाहरणबाटै देखिन्छ । सूचना प्रविधि प्रणालीमा हुने साइबर आक्रमणमा न्यूनीकरण तथा यस्ता आक्रमणबाट सार्वजनिक निकायका प्रणाली सुरक्षित राख्नका लागि थालिएका प्रयासको उपलब्धि भने नगण्य छ । कानुनी र प्राविधिक संयन्त्र फितलो छन् । चालु आवको बजेटका ‘साइबर सुरक्षाको सुनिश्चितताः २१औँ शताब्दीको आवश्यकता’ नारासहित साइबर सुरक्षा केन्द्र स्थापनाको कार्य अगाडि बढाउने उल्लेख छ । उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवद्र्धन र डिजिटल फोरेन्सिक अनुसन्धानसम्बन्धी अधिकार प्राप्त निकायको रुपमा विकास गरिने नेपाल सरकारका विद्युतीय प्रणालीहरुको साइबर सुरक्षा परीक्षण गर्ने व्यवस्था गर्ने विषय पनि बजेटमा राखिएको छ ।

तर यसको कार्यान्वयनको गति सुस्त छ । सारबर सुरक्षाका लागि प्रभावकारी कानुनी व्यवस्था तथा संस्थागत संरचना बन्न सकेका छैनन् । साइबर सुरक्षाका लागि पूर्वाधारसँगै जनशक्तिको पनि कमी छ । साइबर सुरक्षा केन्द्र स्थापना गर्ने बजेटको विषयबारे अहिले अध्ययन भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी बताउँछन् । “साइबर सुरक्षा केन्द्र स्थापना गर्नेबारे अध्ययन भइरहेको छ । त्यसको रिपोर्ट आउन बाँकी छ । सँगसँगै त्यसको कानुनी आधारका रुपमा साइबर सुरक्षा नीतिको मस्यौदा तयार भइरहेको छ”, सहसचिव सुवेदीले भने । मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदा तयार पारेर त्यसलाई स्वीकृत गर्ने चरणमा रहेको उनको भनाइ छ ।

सरकारी वेभसाइटहरु बारम्बार ह्याक हुन थालेपछि सरकारले गत फागुन १६ गतेबाट वेभ मनिटरिङ प्रणाली सञ्चालनमा ल्याएको छ । सबै सरकारी निकायका वेभसाइट तथा एप्लिकेसनहरुलाई निगरानी गर्नेगरी कार्यान्वयनमा ल्याइएको यो प्रणालीले २४ सै घण्टा सरकारी वेभसाइटहरु माथि हुने अनधिकृत आक्रमणबारे निगरानी गर्छ ।

सूचना प्रविधि विभागले विकास गरेको यो प्रणालीले अहिले केही हदसम्म सरकारी वेभसाइटहरुमा हुने अनधिकृत पहुँचलाई निगरानी गर्ने गरिरहेको छ । सञ्चार मन्त्रालयको साइबर सुरक्षा शाखा प्रमुख एवं उपसचिव इन्द्रप्रसाद मैनालीका अनुसार कुनै सरकारी निकायको वेभसाइटमा आक्रमणको प्रयास भएको देखिएमा यो प्रणालीले त्यसबारे सम्बन्धित निकायलाई तत्काल जानकारी दिने गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतका निकायहरुका वेभसाइटमा अनधिकृत प्रवेशको शंका लागेपछि हामीले ती निकायलाई जानकारी गराएको उनको भनाइ छ ।

वेभ मनिटरिङ प्रणाली सञ्चालनका लागि जनशक्ति न्यून रहेको मैनाली बताउनुहुन्छ । राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रका रुपमा तयार पारिएको यो संयन्त्र करार सेवाका दुई जना कर्मचारीले मात्रै धानिरहेका छन् । सरकारी निकाय र तिनका वेभसाइट मात्र नभई साइबर सुरक्षाको विषय हरेक व्यक्तिसँग जोडिन्छ । अहिले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट व्यक्तिगत गोपनीयता भङ्ग हुनेदेखि आर्थिक अपराधहरु पनि भइरहेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार हालसम्म साइबर अपराधका पाँच हजार पाँच सयभन्दा बढी उजुरी दर्ता भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?