Trending:

इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष
अपडेट

इप्पानमा षड्यन्त्र र छलकपटी भएको मल्ल टिमको निष्कर्ष, अदालतको निर्णय पर्खिने

इप्पानमा षड्यन्त्र र छलकपटी भएको मल्ल टिमको निष्कर्ष, अदालतको निर्णय पर्खिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा विवाद चर्किएको छ । बिहीबार हुने साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुन लाग्दा दुई पक्षबीच चर्को विवाद देखिएको हो ।

इप्पानको निर्वाचन समितिले गणेश कार्कीलाई अध्यक्षमा स्वतः निर्वाचित भएको जनाएपछि अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको समूह रुष्ट बनेको हो । योग्यता नपुगेको भन्दै निर्वाचन समितिले हालका महासचिव गोरे शेर्पा समर्थित मल्लको उम्मेदवारी खारेज गरेसँगै विवाद उत्कर्षमा पुगेको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार इप्पा निर्वाचन समितिले भनेको छ, ‘निर्वाचन समितिले प्रकाशित गरेको सूचना, विद्युतीय माध्यमबाट गरिएका प्रत्राचारबमोजिम दाबी विरोधका सम्बन्धमा संस्थाको विधान तथा निर्देशिकामा भएको व्यवस्था बमोजिम योग्यतासम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन भनिएकोमा तपाईँबाट सो बमोजिमको उम्मेदवारी कायम राख्नको निमित्त योग्यता पुग्ने कागजात पेश हुन नआएको हुँदा निर्वाचन सम्बन्धी निर्देशिका २०७६ (पहिलो संशोधन २०८०) को दफा ९ (ग) र संस्थाको विधान २०५७ (संशोधित विधान २०७८) को धारा १५ (११) बमोजिम तपाईँबाट मनोनय भएको उम्मेदवारी कायम नरहने गरी निर्वाचन समितिबाट निर्णय भएको व्यहोरा जानकारीको निमित्त अनुरोध छ ।’

तर यो षड्यन्त्रपूर्ण ढंगले गरिएको भन्दै मल्ल समूहले आपत्ति जनाएको छ । हालका महासचिव शेर्पाले विधानलाई अपव्याख्या गरेर, एक्लौटी रुपमा कार्यविधि पारित गरेर आफूहरुलाई जबरजस्ती अयोग्य सावित गरिएको बताएका छन् । ‘विधानलाई अपव्याख्या गरियो । कार्यविधिमा लेखिएको कुरा पनि विधानको मर्मविपरीत छ । आजको दिनलाई हामीले कालो दिन भनेका छौं’, उनले भने, ‘अब भोलि एजीएम छ । यसैगरी एक्लौटी ढंगले अगाडि बढिए भोलि जे पनि हुन सक्छ ।’

विधानको दफा १० र ११ मा के हुँदा अयोग्य हुने भन्ने स्पष्ट उल्लेख भए पनि त्यसविरुद्ध निर्वाचन समितिले आफूहरुलाई अयोग्य घोषणा गरिएको असन्तुष्ट समूहको भनाइ छ ।

उम्मेदवारी नै अयोग्य ठहरिएको मल्लको टिमबाट वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी सुर्यप्रसाद अधिकारीले हालको कार्यसमितिले अवैध रूपमा विधानको हवाला दिएर तयार गरेको निर्देशिका नै त्रूटीपूर्ण रहेको बताए । ‘संस्था नविकरण नै छैन, संस्था नै वैध नभई कसरी साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढ्छ भन्ने हाम्रो माग हो, अधिकारीले भने,’विधानको अपव्याख्या गरि अघि बढाएका कुनै पनि कार्य स्विकार्य छैनन् ।’

उता महासचिव दाबी गरेका उर्जा व्यवसायी विनोद देवकोटाले निर्वाचनको प्रक्रिया पूर्व साधारणसभाले विधान संशोधन गरिनुपर्ने र कुनै व्यक्ति अनुकूल पद बाँड्न बनाइएको निर्देशिका खारेज हुनुपर्ने आफुहरूको माग रहेको बताए । स्वतन्त्र संस्थामा कसैको एकलौटी स्विकार्य छैन, देवकोटाले भने, ‘यस्तै अवस्था रहँदा कुनैपनि समयमा हामी अर्को वाध्यकारी निर्णय लिन पछि हट्ने छैनौं ।’

यसैबीच मल्ल टिम अन्तरिम आदेश माग गर्दै उच्च अदालतको ढोकामा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?